default_image

3 years ago

September 30, 2021

रिमिक्स क्लबमा ललितपुर जिल्लाव्यापी ब्याडमिन्टन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ अन्तर्गत पुरुष युगल तर्फ ११ स्टार क्लबका रत्न बज्राचार्य र सुनिल शाक्यको जोडी विजयी सुरुवात गर्न सफल भएका छन् । रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा […]

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ अन्तर्गत पुरुष युगल तर्फ ११ स्टार क्लबका रत्न बज्राचार्य र सुनिल शाक्यको जोडी विजयी सुरुवात गर्न सफल भएका छन् ।

रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । बालकुमारी रिमिक्स क्लबको आयोजनामा बिहिबाारदेखि सुरु भएको प्रतियोगितामा महालक्ष्मी टोल विकासका रञ्जित घतानी र सुक्र तामाङ्गको जोडी ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र कार्कीको जोडी संग २१–१०, २१–१२ को सेटमा पराजित हुन पुगे ।

आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताका पुरुष युगलका अन्य खेलमा आयोजक क्लबका राजेन्द्र महर्जन लापा र ए महर्जनको जोडीले भानुदयका अजय महर्जन र सुजन महर्जनको जोडीलाई २१–४, २१–१२ ले, किशोर ब्यञ्जनकार र किरण महर्जनको जोडीले चासिडोल युवा क्लबका अनुप गौतम र राम कुमार थापाको जोडीलाई २१–११, २१–१० ले, प्रयाग पोखरी ब्याडमिन्टन क्लबका उज्वल दाहाल र श्रृजन ताम्राकारको जोडीले रिभाईभका सन्तोष भट्टराई र मुकुन्द थापाको जोडीलाई २१–१४, २१–१५ ले हराए ।

यस्तै आयोजकका सुजिप महर्जन र उज्वल शाक्यको जोडीले ईमाडोल ब्याडमिन्टन स्पोर्टस्का राजु घिमिरे र प्रविन कार्कीको जोडीलाई २१–१७, २१–१६ ले, सुनाकोठी ब्याडमिन्टन क्लबका रविन्द्र महर्जन र राजकृष्ण महर्जनको जोडीले महाबौद्ध युथ क्लबका आर्यन शाक्य र सुमेध शाक्यको जोडीलाई १३–२१, २१–१५, २१–१५ ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरे ।

दोश्रो चरण प्रवेश गर्ने अन्यमा आयोजकका ज्ञानेन्द्र महर्जन र कपिल महर्जनको जोडी तथा दिपेन महर्जन र भुवन श्रेष्ठको जोडी, योङ्गस्टार ब्याडमिन्टन क्लबका शान्ता शाक्य र सुशन शाक्यको जोडी, आयोजक रिमिक्सका दिप्रिश मुनि बज्राचार्य र सुमन शाक्यको जोडी, बालकुमारी ब्याडमिन्टन क्लबका चन्द्र महर्जन र सुरेन्द्र मजर्हनको जोडी, श्री बालकुमारी सृजन क्लबका दीपक थापा मगर र राजेश थापा मगरको जोडी, सैवु ब्याडमिन्टन सर्कलका शान राई र अन्जन थापाको जोडी, रिभाईभका राम के.सी. र अजय थापाको जोडी, आयोजकका प्रदीप पौडेल र राजेश रुम्बाको जोडी, क्लब ७ का थम राना र रमेश ठकुरीको जोडी, ईमाडोल ब्याडमिन्टन स्पोर्टस्का हरि दर्नाल र कृष्ण खड्काको जोडी रहेका छन् ।

यसैगरि प्रयाग पोखरीका मिलन महर्जन र सुमन शाही, हरिशिद्धी ब्याडमिन्टन क्लबका श्याम महर्जन र शिरिष महर्जन, आयोजकका शान्ता डङ्गोल र राकेश शाक्य, ईमाडोल ब्याडमिन्टन स्पोर्टस्का निरजा राई र राज शाक्य, थेचो ब्याडमिन्टन क्लबका सुरोज श्रेष्ठ र कृष्ण कुमार ठकुरी, आयोजकका डिकेन महर्जन र सुगत रत्न शाक्य, बालकुमारी ब्याडमिन्टन क्लबका प्रदीप महर्जन र सुशिल महर्जन, श्रीकृष्ण ब्याडमिन्टन क्लबका नविन मजर्हन र हरिकृष्ण शर्मा, इमाडोल ब्याडमिन्टन स्पोर्टस्का मदन डङ्गोल र दिपेन थापा मगर, भैसेपाटी क्लबका दिनेश खड्का र राजमान महर्जन तथा चासिडोल युवा क्लबका विमल ढुङ्गेल र सुरेश कोईरालाको जोडीले पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।

ललितपुर जिल्ला भित्रका राष्ट्रिय उच्च २० वरीयता बाहेकका पुरुष युगल र ४५ बर्ष माथिका भेट्रान्स खुल्ला गरि दुई विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिजयी शिर्ष तिनका टिमले मेडल, ट्रफी, प्रमाण पत्रका साथै पुरुष युगल तर्फ प्रथमले ६५ हजार, द्वितीयले ४० हजार र तृतीय द्वयले २०–२० हजार तथा भेट्रान्स तर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीय द्वयले १०–१० हजार प्राप्त गर्ने संयोजक चित्रकारले बताए ।

Success

Thank you for your time.