default_image

10 months ago

July 16, 2023

अल्काराजलाई पहिलोपटक विम्बल्डन उपाधि

एजेन्सी – स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले करिअरमा पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् । साविक विजेता नोभाक जोकोभिचलाई फाइनलमा पराजित गर्दै विश्व नम्बर १ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् । २० वर्षीय अल्काराजले निकै प्रतिस्पर्धात्मक फाइनल पाँचौ सेटमा जित्दै जोकोभिचको आठौं पटक विम्बल्डन जित्ने लक्ष्यमा बाधक बने । पहिलो सेट ६-१ ले गुमाएका […]

167 views

0 Bookmark

एजेन्सी – स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले करिअरमा पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् ।

साविक विजेता नोभाक जोकोभिचलाई फाइनलमा पराजित गर्दै विश्व नम्बर १ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् । २० वर्षीय अल्काराजले निकै प्रतिस्पर्धात्मक फाइनल पाँचौ सेटमा जित्दै जोकोभिचको आठौं पटक विम्बल्डन जित्ने लक्ष्यमा बाधक बने ।

पहिलो सेट ६-१ ले गुमाएका अल्कराजले दोस्रो सेटमा ७-६ (८-६) को जित निकालेका थिए । तेस्रो सेटमा ६-१ को जित निकालेपनि चौथो सेटमा जोकोभिच ६-३ ले विजयी भए । पाँचौ सेटमा अल्काराजले ६-४ को जित निकाले ।

अल्काराजले यस जितसँगै आफ्नो शीर्ष वरीयता पनि कायम राखेका छन् । जोकोभिचले १० वर्षपछि विम्बल्डनको सेन्टर कोर्टमा हार बेहोर्दा अल्काराज सन् १९८६ यताकै कान्छा च्याम्पियन बने ।

Success

Thank you for your time.