1 year ago
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीवार दुई उपाधि जितेका छन् ।
सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले ६५ वर्षमाथि सिंगल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे ।
महिला सिंगल्सको उपाधिका लागि अभिलाशा बिष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाइनलमा अभिशालाले प्रज्ना मानन्धरलाई ६–१ र ६–१ ले सहजै हराइन् । अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका बिष्टमाथि ६–० र ६–१ को जित निकालिन् ।
पुरुष सिंगल्समा राजवीर प्रधान र रितिक राणा फाइनलमा पुगेका छन् । राजवीरले प्रणव मानन्धरमाथि ६–१ र ६–३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा रितिकले आयुष्मान हजुर घलेमाथि समान ६–१ को जित निकाल्दै उपाधि यात्रा तय गरेका हुन् ।
पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जंगबहादुर थापाको जोडीलाई ६–४ र ६–३ ले हरायो।
पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६ र १०–८ ले हरायो ।
यु–१२ उमेरसमूहको गल्र्स सिंगल्समा अनुश्री धोजु र ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी च्याम्पियन भए । अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जितेका हुन् ।
यु–९ गल्र्स सिंगल्समा नैरा घले फाइनलमा रजिशा जोशलाई ४–१ र ४–० ले हराउँदै च्याम्पियन भइन् । यु–१४ गल्र्स सिंगल्समा शिभाली गुरुङ च्याम्पियन भइन् । उनले फाइनलमा इरा खत्रीलाई समान ६–० ले हराएकी हुन् ।
गल्र्सकै यु–१० उमेरसमूहको सिंगल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–० र १०–५ ले हराउँदै उपाधि जिते । ब्वाइज यु–९ उमेरसमूहको सिंगल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन् । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१ र ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]