1 year ago
October 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका लेजेन्ड क्रिकेटर जोन्टी रोड्स पोखरा एभेन्जर्सको मेन्टरमा नियुक्त भएका छन् ।
पोखराले शुक्रवार एक विज्ञप्ती जारी गर्दै जोन्टिलाई ३ वर्षको सम्झौतासहित टोलीमा आबद्ध गराएको बताएको छ । यससँगै उनी नेपाल प्रिमियर लिग(एनपिएल) मा जोडिने सबैभन्दा ठूलो विदेशी नाम हुन् ।
‘पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई एनपिएलमा पोखरामा परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त हुनु भएकोमा हामी खुसी छौं,’ पोखराका सञ्चालक मनोबल श्रेष्ठले भने ‘यसअघि भारतीय क्रिकेटर तथा कोच सन्दीप पाटिलले सम्हालेको भूमिका अब जोन्टीले निर्वाह गर्नेछन् ।’
यसअघि भएको नेपाल टि ट्वान्टीमा समेत सहभागी पोखराले सन्दीपलाई मेन्टरको भुमिकामा नियुक्त गरेको थियो ।
‘यस टिममा हुन पाउँदा म उत्साहित छु । म मेरो सीप र अनुभव मार्फत सम्पूर्ण खेलाडी र प्रमुख कोच राजिव कुमारलाई सहयोग गरेर टिमलाई बलियो बनाउन प्रयास गर्नेछु ’ पोखराको मेन्टरमा नियुक्त भएपछि रोड्सले भनेका छन् ।
रोड्स नोभेम्बरको पहिलो साता नेपाल आउने पोखराले जनाएको छ । रोड्सले विभिन्न राष्ट्रिय टिम र आइपीएलका विभिन्न टोलीमा रहेर प्रशिक्षण गराईसकेका छन् ।
कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखराको प्रमुख प्रशिक्षकमा राजिव कुमार रहेका छन् ।
पोखरा एभेन्जर्सको टिम
कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस, बास डि लिडे र एन्डरसन फिलिप ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]