default_image

7 years ago

May 11, 2017

एसियाली यु–१२ टिम टेनिस हुने

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल लनटेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभागिता रहने आयोजक संघकी अध्यक्ष ज्योति राणाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी […]

49 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल लनटेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभागिता रहने आयोजक संघकी अध्यक्ष ज्योति राणाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल पुग्ने दुई राष्ट्र यसै वर्षको डिसेम्बरमा काजाकिस्तानमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपका लागि छनोट हुने आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी दिए । पुरुष र महिलामा समान २–२ राष्ट्र छनोट हुने प्रावधान छ ।

सहभागी सबै ७ राष्ट्रबाट समान ३–३ ब्वाइज र गल्र्स खेलाडी सहभागी हुनेछन् । टिम स्पर्धामा दुई सिंगल्स र एक डबल्स खेल खेलाइनेछ । यस्तै प्रकारको छनोट पश्चिम एसिया, मध्य एसिया, दक्षिण–पूर्वी एसिया र पूर्वी एसिया क्षेत्रमा पनि हुनेछ । १२ राष्ट्र सहभागी हुने पश्चिम एसिया तथा ६ राष्ट्र सम्मिलित मध्य एसियाली छनोटबाट समान २–२ राष्ट्र छानिने छन् । त्यस्तै दक्षिण–पूर्वी र पूर्वी एसियाबाट समान ३–३ राष्ट्र छनोट हुने छन् जसमा क्रमशः १० र ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालबाट ब्वाइजमा आर्यन गिरी, आरभसम्राट हाडा र अकी जुवेन राउत तथा गल्र्समा इशाश्री शाह, सर्भानी श्रेष्ठ र सुभाङ्गीलक्ष्मी शाहले प्रतिस्पर्धा गर्नेछन् । यसै महिनाको १० देखि १३ गतेसम्म सातदोबाटो आयोजना गरिएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । नेपाली टोलीको ब्वाइज प्रशिक्षकमा कृष्णराज घले र गल्र्स प्रशिक्षकमा श्रीराम मगर रहने छन् ।

दक्षिण एसियाली छनोट सञ्चालन गर्न करिब २६ लाख खर्च हुने बताइएको छ । त्यस मध्ये अन्तर्राष्ट्रिय टेनिस महासंघले हामीलाई १८ हजार अमेरिकी डलर सहयोग उपलब्ध गराउने छ । सहभागी खेलाडीको खाना र आवासको व्यवस्था आयोजकले गर्नेछ । ६ दिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कोर्टमा हुनेछ ।

लनटेनिस संघले ९ महिनाको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको यो तेश्रोपटक हो । यो भन्दा अगाडि २०१६ को सेप्टेम्बरमा एएनएलटीएले एसियाली र्याङकिङ यु–१४ टेनिस प्रतियोगिता तथा गत फेब्रुअरीमा नेपाल आईटीएफ यु–१८ जुनियर ग्रेड– ५ टेनिस प्रतियोगिता संघले आयोजना गरेको थियो ।

Success

Thank you for your time.