default_image

7 years ago

May 17, 2017

नेपाल दुवै विधाको सेमिफाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट अन्तर्गत नेपाली ब्वाइज र गर्ल्स दुवै टिम बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपालको दुवै टोली आ–आफ्नो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपालको ब्वाइज टिम समूह ‘बी’ तथा गल्र्स टिम समूह ‘ए’ को विजेता बने । बुधबारको खेल समाप्तिसंगै सेमिफाइनल समीकरण पनि […]

77 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट अन्तर्गत नेपाली ब्वाइज र गर्ल्स दुवै टिम बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपालको दुवै टोली आ–आफ्नो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपालको ब्वाइज टिम समूह ‘बी’ तथा गल्र्स टिम समूह ‘ए’ को विजेता बने ।

जितपश्चात पाकिस्तानी टोलीसँग

बुधबारको खेल समाप्तिसंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ । ब्वाइजमा नेपालले भारत तथा भुटानले बंगलादेश विरुद्ध खेल्नेछन् । गल्र्समा नेपालले श्रीलंकाको सामना गर्ने छ भने भारतको भेट बंगलादेशसंग हुनेछ । सेमिफाइनल बिहीबार हुनेछ । सेमिफाइनलमा जित निकाल्ने टोली काजाकिस्तानमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपलाई छानिने छन् ।

आर्यन गिरि सर्भिस गर्दै

सातदोबाटोस्थित टेनिस कोर्टमा लिगको अन्तिम दिन ब्वाइजको समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तानलाई ३–० ले पराजित ग¥यो । सिंगल्समा नेपालका आरभसम्राट हाडाले पाकिस्तानका विलाल असिमलाई ६–३ र ६–३ तथा आर्यन गिरीले हमिद इस्रारलाई १–६, ६–० र ६–२ को सेटमा पराजित गरे । डबल्समा आरभ र आर्यनको जोडीले पाकिस्तानका हमिद र उमर कसान खलिललाई ६–४ र ६–१ को सोझो सेटमा हराए ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फ समूह ‘ए’ मा भारतले माल्दिभ्सलाई ३–० तथा समूह ‘बी’ मा बंगलादेशले श्रीलंकालाई २–१ ले निराश पारे । गल्र्सको समूह ‘ए’ मा भारतले माल्दिभ्स तथा समूह ‘बी’ मा श्रीलंकाले बंगलादेशलाई समान ३–० को नतिजामा हराए ।

खेलका दौरान सट फर्काउँदै आर्यन

Success

Thank you for your time.