default_image

7 years ago

September 7, 2017

फेडेरर युएस ओपनबाट बाहिरिए

न्यूयोर्क (एजेन्सी)- तेस्रो वरियताका स्वीस टेनिस खेलाडी रोजर फेडेरर वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । न्यूयोर्कमा बिहिबार बिहान भएको खेलमा तेस्रो वरियताकबा फेडेरर अर्जेन्टिनी हुवान मार्टिन डेल पोर्टाेसँग ३–१ को सेटमा पराजित हुदै युएस ओपनको क्वार्टरफाइनलबाटै बाहिरिएका हुन् । २४ औं वरियताका मार्टिनले फेडेररलाई पराजित गर्न करिव चार घण्टाको समय खर्चिए […]

42 views

0 Bookmark

न्यूयोर्क (एजेन्सी)- तेस्रो वरियताका स्वीस टेनिस खेलाडी रोजर फेडेरर वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । न्यूयोर्कमा बिहिबार बिहान भएको खेलमा तेस्रो वरियताकबा फेडेरर अर्जेन्टिनी हुवान मार्टिन डेल पोर्टाेसँग ३–१ को सेटमा पराजित हुदै युएस ओपनको क्वार्टरफाइनलबाटै बाहिरिएका हुन् ।

खेलपछि डेल पोर्टोसँग हात मिलाउँदै रोजर फेडेरर (बायाँ)।

२४ औं वरियताका मार्टिनले फेडेररलाई पराजित गर्न करिव चार घण्टाको समय खर्चिए । पहिलो सेट ७–५ ले गुमाएको फेडेररले दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । तर, त्यसपछिको दुवै सेट फेडेररले ७–६ र ६–४ ले गुमायो । डेल पोर्टाेले ग्राण्डस्लाममा फेडेररलाई आठवर्षपछि पराजित गरेको हो ।

यसअघि डेल पोर्टाेले फेडेररलाई सन् २००९ मा पराजित गरेका थिए । अब डेल पोर्टाेले सेमिफाइनलमा शीर्ष वरियताका राफेल नाडालसँग प्रतिस्पर्धा गर्नेछन् ।  नाडालले बिहिबार बिहानै रसियाका आन्द्रे रुभ लेभलाई ६–१, ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे । फेडेररविरुद्ध जित निकालेपछि डेल पोर्टाेले यो प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको बताए ।

‘मैले आज हरेक समयमा फेडेररविरुद्ध उत्कृष्ट खेल पस्के । मुख्यतः मेरो सर्भिस राम्रो रह्यो ,’ डेल पोर्टाेले भने, ‘यो खेलमा मैले घरेलु मैदानमा खेलेको जस्तो महसुस गरे । यसले मलाई खुशी तुल्याएको छ ,’ यस्तै डेल पोर्टाेले दोस्रो सेटमा पराजित भएपछि आफु खेलमा फर्कन सक्नेमा विश्वस्त नरहेको पनि बताए । ‘दोस्रो सेटमा म निकै पछि परे । तेस्रो सेट भने प्रतिस्पर्धात्मक नै थियो ,’ डेल पोर्टाेले भने, ‘तेस्रो सेट जितेपछि खेलमा फर्किन सक्छु भन्ने लाग्यो । खेलमा फर्किए र जिते ।’

Success

Thank you for your time.