default_image

6 years ago

November 2, 2017

प्रेरणा र गरभ सर्किट १ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्रेरणा कोइराला र भारतका गरभ बहल केशा गु्रप एएनएलटिए नेपाल एसियन यु–१४ ¥याङकिङ टेनिस च्याम्पियनसिप प्रतियोगिता अन्र्तगतको सर्किट १ को च्याम्पियन बनेका छन् । सातदोबोस्थित टेनिस कोर्टमा बिहिबार भएको महिलातर्फको फाइनल खेलमा प्रेरणाले आफ्नै देशकी रायना शाहलाई ६–२ र ६–१ को सोझो सेटले हराइन् । यस्तै पुरुषतर्फ भारतका गरभ बहलले […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्रेरणा कोइराला र भारतका गरभ बहल केशा गु्रप एएनएलटिए नेपाल एसियन यु–१४ ¥याङकिङ टेनिस च्याम्पियनसिप प्रतियोगिता अन्र्तगतको सर्किट १ को च्याम्पियन बनेका छन् ।

सातदोबोस्थित टेनिस कोर्टमा बिहिबार भएको महिलातर्फको फाइनल खेलमा प्रेरणाले आफ्नै देशकी रायना शाहलाई ६–२ र ६–१ को सोझो सेटले हराइन् । यस्तै पुरुषतर्फ भारतका गरभ बहलले नेपालका नेपालका आदित सुवेदीलाई ६–३ र ६–३ को सेटमा हराए ।

महिला सिंगल्समा नेपालकी सलोनी तामाङ तेस्रो भइन् । सलोनीले भारतीय रिया माथारुलाई पराजित गरिन् । महिला डबल्सको उपाधि भारतका गरभ बहल र रुसिकेस सुनकाराको जोडीले जित्यो । महिला डबल्सको उपाधि प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले हासिल गर्यो ।

विजयी सबै खेलाडीले २ सय अंक प्राप्त गरे भने उपविजयी खेलाडीले १ सय २० अंक प्राप्त गरे । विजयी खेलाडीलाई नेपाल लन टेनिस संघकी अध्यक्ष ज्योती राणाले पुरस्कृत गरिन् । ¥याङकिङ प्रतियोगिता अन्र्तगत सर्किट २ का खेलहरु आगमी सोमबार शुरु हुने आयोजकले जनाएको छ ।

Success

Thank you for your time.