default_image

6 years ago

April 20, 2018

सिटिजन्स बैंक टेनिस हुने

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला लनटेनिस संघको आयोजनामा छैटौं सिटिजन्स बैंक खुला लनटेनिस प्रतियोगिता बैशाख १६ देखि २२ गतेसम्म हुने भएको छ ।

tennis

प्रतियोगितामा पुरुष-महिला सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स तथा भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् । प्रतियोगितामा १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ४ लाख ८० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वर, सातदोबाटो र आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।

Success

Thank you for your time.