default_image

2 years ago

May 15, 2024

हाफ म्याराथन र रोड रेसको तयारी पूरा

546 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा हुने (जेठ ३ गते ) दोस्रो राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा खुल्ला हाफ म्याराथनसहित ५ वटा इभेन्ट समावेश गरिएको छ । एकेडेमीले गत वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो संस्करणको प्रतियोगिता आयोजना गरेको थियो ।

देशभरीबाट धावकहरु बुटवल आइपुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । प्रतियोगितामा हाफ म्याराथनमा व्यवसायिक धावकहरुसहित १ सय जनाको सहभागिता रहने अध्यक्ष आर्चायले बताए । दौड बिहान ६ बजे राजमार्ग चौराहाबाट सुरु हुनेछ ।

हाफ म्याराथनको विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसै चौथोले ३० , पाँचौले २० र छैठौंले १० हजार रुपैयाँ पाउनेछन् ।
यस्तै १० किलोमिटर (कलेज स्तरिय खुला छात्र र खुला महिला) दौडको विजेताले ३५ , दोस्रो २५ र तेस्रोले १५, चौथोले १०, पाँचौंले ७ र छैटौं ५ हजार रुपैयाँ पाउनेछन् ।
५ किमी (विद्यालय स्तरिय खुला छात्र) विजेताले २०, दोस्रो १५ , तेस्रोले १२, चौथो १० , पाँचौं ७ र छैटौंले ५ हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तैगरी ३ किमी (विद्यालय स्तरिय छात्रा) विजेतालाई १५ , दोस्रोलाई १० , तेस्रोलाई ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।

विद्यालय स्तरिय १० वर्षसम्मका छात्र/छात्रा (१ सय मिटर) दौड र ६० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि राखिएको वाकाथुन प्रतियोगितामा पनि पुरस्कारको व्यवस्था गरिएको एकेडेमीले जनाएको छ ।

प्रतियोगिता उद्घाटन अगाडि कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले सिद्धबाबा मन्दिरबाट टर्च बोकेर करिब ५ किलोमिटरको उद्घाटनस्थलमा ल्याउने कार्यक्रम छ । सोहि अवसरमा धावक मानन्धरलाई नियमित औषधि उपचारका लागि एकेडेमीले दुई वर्षका लागि मासिक ४ हजारका दरले औषधि खर्च उपलब्ध गराउने घोषणासहित रकम हस्तान्तरण गर्ने जनाइएको छ ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.