default_image

5 years ago

January 15, 2019

फेडेरर, नाडाल र जोकोभिचको अष्ट्रेलियन ओपनमा बलियो सुरुवात

मेल्बर्न (एजेन्सी) – विश्व टेनिसको ‘बिग थ्रि’ मानिने रोजर फेडेरर, राफायल नाडाल र नोभाक जोकोभिच मेल्बर्नमा संचालित अष्ट्रेलियन ओपनको पहिलो चरणमा सहज जितसहित दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो दिनको खेलमा फेडेररले डेनिस इस्टोमिनलाई ६-३, ६-४, ६-४ को सोझो सेटमा पराजित गरेका थिए । त्यस्तै नाडालले अष्ट्रेलियाका जेम्स डकवर्थलाई ६-४, ६-३, ७-५ को सोझो […]

41 views

0 Bookmark

मेल्बर्न (एजेन्सी) – विश्व टेनिसको ‘बिग थ्रि’ मानिने रोजर फेडेरर, राफायल नाडाल र नोभाक जोकोभिच मेल्बर्नमा संचालित अष्ट्रेलियन ओपनको पहिलो चरणमा सहज जितसहित दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पहिलो दिनको खेलमा फेडेररले डेनिस इस्टोमिनलाई ६-३, ६-४, ६-४ को सोझो सेटमा पराजित गरेका थिए । त्यस्तै नाडालले अष्ट्रेलियाका जेम्स डकवर्थलाई ६-४, ६-३, ७-५ को सोझो सेटमै पराजित गरेका थिए ।

दोस्रो दिनको खेलमा पहिलो वरियताका जोकोभिचले अमेरिकाका मिचेल क्रुगरलाई ६-३, ६-२, ६-२ को सोझो सेटमा नै पराजित गरे ।

तेस्रो वरियताका फेडेररले दोस्रो चरणको खेलमा भोलि युकेका ड्यान एभान्सको सामना गर्ने छन् । दोस्रो वरियताका नाडालले अष्ट्रेलियाका म्याथ्यु एब्डेन र जोकोभिचले पर्सी पूर्व अष्ट्रेलियन ओपन उपविजेता जो-विल्फ्रिड सोङाको सामना गर्ने छन् ।

त्यस्तै चोटका कारण लामो समय कोर्ट बाहिर रहेका एन्डि मुरे भने स्पेनका रोबर्टो बटिस्टासंग पराजित हुंदै प्रतियोगिताबाट बाहिरिए । यहि वर्ष सन्न्यासको तयारी गरिरहेका मुरेको यो अन्तिम अष्ट्रेलियन ओपन पनि हो ।

त्यस्तै महिलातर्फ पूर्व विजेता सेरेना विलियम्स, मारिया सारापोभा, एन्जिलिक कर्बर र केरोलिन वोज्नियाकी पनि पहिलो चरणमा सहज जित दर्ता गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

Success

Thank you for your time.