default_image

5 years ago

January 21, 2019

साविक विजेता फेडेरर अष्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिए

मेलबर्न (एजेन्सी) – अष्ट्रेलियन ओपनको साविक विजेता तथा विश्व टेनिसकै सर्वाधिक सफल खेलाडी ३७-वर्षीय रोजर फेडेरर प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएका छन् । प्रतियोगिता जित्ने अनुमान गरिएको फेडेरर ग्रिसका स्टेफानो सिसिपाससंग हार्न पुगे । विश्वको १५ औं वरियतामा रहेका सिसिपासले फेडेररलाई ६-७, ७-६, ७-५, ७-६ को रोमाञ्चक तथा प्रतियोगितात्मक खेलमा हराए । अर्को तर्फ दोस्रो वरियताका […]

43 views

0 Bookmark

मेलबर्न (एजेन्सी) – अष्ट्रेलियन ओपनको साविक विजेता तथा विश्व टेनिसकै सर्वाधिक सफल खेलाडी ३७-वर्षीय रोजर फेडेरर प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएका छन् ।

प्रतियोगिता जित्ने अनुमान गरिएको फेडेरर ग्रिसका स्टेफानो सिसिपाससंग हार्न पुगे । विश्वको १५ औं वरियतामा रहेका सिसिपासले फेडेररलाई ६-७, ७-६, ७-५, ७-६ को रोमाञ्चक तथा प्रतियोगितात्मक खेलमा हराए ।

अर्को तर्फ दोस्रो वरियताका राफायल नाडाल भने टोमस बर्डिकमाथि ६-०, ६-१, ७-६ को सोझो सेटमा विजयी हुंदै क्वाटरफाइनल प्रवेश गरे ।

क्वाटरफाइनलमा नाडालले अमेरिकाका फ्रान्सेस टियाफोको सामना गर्ने छन् भने सिसिपासले स्पेनका रोबर्टो बटिस्टाको सामना गर्ने छन् ।

त्यस्तै आजको चौथो चरणको खेलमा पहिलो वरियताका नोभाक जोकोभिचले रुसका डनील मेडभेडेभको सामना गर्ने छन् । खेल नेपाली समयअनुसार दिउसोको ३ बजे सुरु हुने छ ।

महिला तर्फ, लोकप्रिय खेलाडी मारिया सारापोभा अष्ट्रेलियाकी अस्लि बर्टिसंग पराजित हुंदै चौथो चरणबाट बाहिरिइन् भने उपाधिको अर्को दाबेदार मानिएको दोस्रो वरियताकी एन्जेलिक कर्बर पनि चौथो चरणबाटै बाहिरिइन् । आज दिउसो १.४५ बजे पूर्व नम्बर १ सेरेना विलियम्सले हाल पहिलो वरियतामा रहेकी साइमोना हालेपको सामना गर्ने छिन् ।

Success

Thank you for your time.