default_image

5 years ago

January 26, 2019

जापानकी नाओमीलाई अष्ट्रेलियन ओपन उपाधि

मेलबर्न (एजेन्सी) – जारी अष्ट्रेलियन ओपनको महिलातर्फको फाइनलमा जापानकी नाओमी ओसाका विजयी भएकी छिन् । फाइनल खेलमा चेक गणतन्त्रकी पेट्रा क्भिटोभालाई ७-६ (७-२), ५-७, ६-४ ले हराउन सफल भइन् । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट नाओमीले जित्न सफल भए पनि उत्तिकै प्रतिस्पर्धात्मक दोस्रो सेट भने ५-७ ले गुमाइन् । तेस्रो तथा अन्तिम सेटमा पुनरागमन गर्दै नाओमीले […]

44 views

0 Bookmark

मेलबर्न (एजेन्सी) – जारी अष्ट्रेलियन ओपनको महिलातर्फको फाइनलमा जापानकी नाओमी ओसाका विजयी भएकी छिन् । फाइनल खेलमा चेक गणतन्त्रकी पेट्रा क्भिटोभालाई ७-६ (७-२), ५-७, ६-४ ले हराउन सफल भइन् ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट नाओमीले जित्न सफल भए पनि उत्तिकै प्रतिस्पर्धात्मक दोस्रो सेट भने ५-७ ले गुमाइन् । तेस्रो तथा अन्तिम सेटमा पुनरागमन गर्दै नाओमीले उपाधि आफ्नो पक्षमा पारिन् ।

यस अघि युएस ओपन उपाधि जितेकी नाओमी ओसाकाले लगातार दुई ग्रान्ड स्लाम आफ्नो नाममा पार्न पनि सफल भइन् । यसका साथै उनी शीर्ष वरियतामा उक्लेकी छिन् । खेल पछि नाओमीले आफ्नो विपक्षी क्भिटोभाको प्रशंसा समेत गरिन् ।

Success

Thank you for your time.