default_image

8 years ago

September 12, 2016

वावारिन्कालाई युएस ओपन, जोकोभिच पराजित

न्यूयोर्क (एजेन्सी)– स्टान वावारिन्काले नोभाक जोकोभिचलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार साविक विजेता जोकोभिचमाथि ६–७(१),६–४,७–५,६–३ ले हराउँदै तेस्रो वरियताका वावारिन्काले पहिलो पटक युएस ओपन जितेका हुन् । समग्रमा यो उनको तेस्रो ग्रान्ड स्लाम उपाधि हो । ४१ बर्षयता युएस ओपन जित्ने वावारिन्का सबैभन्दा पाका खेलाडी हुन् । सन् १९७० मा ३५ बर्षको […]

44 views

0 Bookmark

न्यूयोर्क (एजेन्सी)– स्टान वावारिन्काले नोभाक जोकोभिचलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार साविक विजेता जोकोभिचमाथि ६–७(१),६–४,७–५,६–३ ले हराउँदै तेस्रो वरियताका वावारिन्काले पहिलो पटक युएस ओपन जितेका हुन् । समग्रमा यो उनको तेस्रो ग्रान्ड स्लाम उपाधि हो । ४१ बर्षयता युएस ओपन जित्ने वावारिन्का सबैभन्दा पाका खेलाडी हुन् । सन् १९७० मा ३५ बर्षको उमेरमा केन रोसवालले युएस ओपन जितेका थिए ।

e5ebc13e-da07-446a-ae6e-cbb577d6f861
खेलको चौथो सेटमा जोकोभिचले मेडिकल टाइआउट लिएका थिए । उनले ६ मिनेटसम्म विश्राम लिएका कारण विश्राम लिएपछि वावारिन्काले मुख्य अम्पायरसँग गुनासो गरेका थिए । त्यो देखेपछि जोकोभिचले माफिी मागेका थिए ।
जोकोभिचसँग अहिले सम्मको २४ भेटमा वावारिन्को त्यो पाँचौ जित हो । यद्दपी उनले १२ औं महत्वपूर्ण उपाधि जितेका छन् । जसमा २०१४ को अस्ट्रेलियन ओपनको क्वार्टरफाइनल र २०१५ को फ्रेन्च ओपन फाइनल पनि छ । वावारिन्काले २०१४ मा अस्ट्रेलियन ओपन र २०१५ मा फ्रेन्च ओपन उपाधि जितेका थिए । आफ्नै देश स्विजरल्यान्ड्सका रोजर फेडेररका कारण छायाँमा परेका वावारिन्का २८ बर्षको उमेरमा पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनल पुगेका थिए । तर, अहिले भने उनी निकै परिपक्क खेलाडी भएका छन् ।
तेस्रो पटक ग्रान्ड स्लाम जित्दा वावारिन्काले तीनै पटक शीर्षवरियताका खेलाडीलाई हराएका थिए ।
युएस ओपन च्याम्पियन वावारिन्काले भने, ‘अहिले के भइरहेको छ मलाई थाहाँ छैन । मैले झन्डै चार घन्टा खेले । जोकोभिचउ त्कृष्ट च्याम्पियन हुन् । उन त्यस्तै असल मानिस पनि । उनकै कारण आज म यहाँ पुग्न सफल भएको हु । म अहिले सम्मको सफलताका लागि बधाई दिन चाहन्छु । ’
उनले आफ्नो लक्ष्य क्षमता अनुसारको पुरा प्रदर्शन गर्नु रहेको बताएका छन् । उनले थपे, ‘ग्रान्ड स्लाम नै जित्छु मेरो लक्ष्य थिएन । तर जति सक्छु राम्रो गर्दै जाने प्रयास गरे । एकपछि अर्को खेलमा मैले राम्रो गर्दै गए । ’
शीर्षवरियताका जोकोभिचले वावारिन्का र उनको टोलीलाई बधाई दिदै भने,‘आज उनी साच्चै जितको हकदार थिए । सिजनमा सात आठ महिना खेलेर यहाँ आउँदा थकाइ भएपनि उनले फाइनलमा उच्च प्रदर्शन गरे ।’
शनिबार जर्मनीकी एन्जेलिक केर्बेरले चेक गणतन्त्रकी क्यारोलिन प्लिसकोभालाई हराउँदै महिलातर्फको उपाधि जितेकी थिइन् ।

4bbdf720-256d-461e-9052-7709e3c3f5cc

Success

Thank you for your time.