3 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद)– अस्वस्थताका कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबारको आफ्ना दुई इभेन्टबाट नाम फिर्ता लिइन् ।

पौडीको पहिलो दिन विहान गौरिकाले १ सय मिटर फ्रिस्टाइलको हिटमा भाग लिएकी थिइन् । उनी फाइनल राउन्डका लागि छनोट भएकी थिइन् । त्यसपछि स्वास्थ्य खराबपछि पनि उनलाई अस्पताल भर्ना गरिएको थियो । पेट दुखेर बान्ता भएपछि गौरिकालाई अस्पताल लगिएको उनका बुवा पारस सिंहले जानकारी दिएका छन् । उनले भने, ‘अहिले गौरिका अस्पतालबाट होटल आइसकेकी छिन् । अवस्था सामान्य छ , सायद भोलीको इभेन्ट खेल्छिन् होला ।’
सन्चो नभएपछि गौरिकाले शनिबार १ मिटरको फाइनल राउन्ड र २ सय मिटर ब्याक स्ट्रोकबाट उनले नाम फिर्ता लिएकी थिइन् । १ सय मिटर फ्रि स्टाइलको हिटमा गौरिका १ मिनेट ३.०२ सेकेन्ड निकालेकी थिइन् । यो इभेन्टमा उनकै नाममा ५८.१३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ । पौडीको प्राविधिक समितिका विष्णु खड्काले गौरिकाको स्वास्थ्य खराब भएपछि २ इभेन्टमा नाम फिर्ता लिएको पुष्टि गरे ।
अध्ययनका लागि अमेरिकामा रहेकी गौरिका नवौं राष्ट्रिय खेलकुदमा भाग लिनका लागि विहीबार राती काठमाडौं र शुक्रबार पोखरा आइपुगेकी थिइन् । ११ इभेन्ट्समा भाग लिन आएकी गौरिकाले अब ९ वटा इभेन्ट्समा प्रतिस्पर्धा गर्न बाँकी रहेको छ । परिक्षणपछिको रिपोर्ट समान्य आएको आइतबार हुने ४ इभेन्ट्समा खेल्न सम्भावना रहेको बुवा पारसले जानकारी दिए ।
गौरिकाले आइतबार ८ सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रिस्टाइल, १ सय मिटर ब्याक स्ट्रोक र ४ गुण १ सय मिटरर रिलेमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । त्रिभुवन आर्मी क्लबबाट सहभागी भइरहेकी गौरिकाले ५० ब्याक स्ट्रोक, ४ गुणा २ सय ब्याकस्ट्रोक, ४ मिटर फ्रिस्टाइल, ५० मिटर फ्रिस्टाइल र ४ गुणा १ सय मिक्स्ड फ्रि स्टाइलमा नाम दर्ता गराएकी छिन् ।
गौरिकाले तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा कीर्तिमान ४ स्वर्ण , २ रजत र ३ कास्यसहित ९ पदक जितेकी थिइन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]