default_image

9 years ago

December 28, 2016

खाली खुट्टा दौडिनेलाई शिरिषको उपहार

226 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) –  पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् ।

शिरिष

उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट लगायतका सामाग्री बुधबार र बिहिबार खेलाडीहरुलाई हस्तान्तरण गरे । सहयोग पाउने खेलाडीहरुमा सुदूरपश्चिम कैलाली टिकापुर राजीपुरकी शिमा चौधरी, पश्चिमाञ्चल गुल्मीकी सिता शेन र नवलपरासी गुठी पर्सौनीकी गुडिया गुप्ता रहेका छन् ।

सातौ राष्ट्रिय खेलकुद अन्तरगत ५ राष्ट्रिय किर्तिमान सहित १६ स्वर्ण पदक प्राप्त गर्दै सातौंमा अर्को किर्तिमान राखेका थिए । यस अघि करिष्मा कार्कीले १२ स्वर्ण पदक प्राप्त गर्दै एकै व्यक्तिले सर्वाधिक स्वर्ण पदक प्राप्त गरेको किर्तिमान थियो ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.