2 years ago
December 28, 2023
काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो ।
दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा रहेको काठमाण्डौ वल्र्ड स्कुलले २६ अंक प्राप्त गर्यो । प्रतियोगितामा १३ स्कुलको सहभागिता रहेको थियो ।
प्रतियोगिताको खुल्ला तर्फ २०० मिटर फ्रिस्टायलमा अथर्व सिंहले स्वर्ण जिते । उनले २ मिनट ५.२७ सेकेन्डमा दुरी पुरा गरे । दोस्रो स्थानमा निसर्गका सुविज्ञ मान तुलाधर र निसर्गकै सनिल कुमार थापा मगर तेस्रो स्थानमा रहे।

पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा विकास कुमालले ३१.३९ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । दिपंकर अवालेले रजत र प्रिमियरका इरभिन श्रेष्ठले कास्य पदक जिते ।
पुरुष १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ४.०३ सेकेन्ड समयका साथ निसर्गका जाडेन श्रेष्ठले स्वर्ण जिते । अथर्व सिंह दोस्रो र आरोन भण्डारी तेस्रो भए ।
पुरुष १०० मिटर बेष्ट स्ट्रोकमा दिपंकर अवालेले स्वर्ण पदक जिते । विकास कुमालले रजत र अथर्व सिंहले कास्य पदक प्राप्त गरे ।
पुरुषको ५० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजलकाजी ताम्राकारले २४.३९ सेकेन्ड समयका साथ तेस्रो स्वर्ण पदक जिते । उनले प्रतियोगिताको पहिलो दिन २ स्वर्ण जितेका थिए । सो इभेन्टमा प्रिमियरका इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कास्य पाए ।

महिला १०० मिटर बटरफ्लाईमा मेगन गुरुङ्गले १ मिनट १७.२८ सेकेन्ड समयका साथ स्वर्ण पदक जितिन् । स्वस्तीश्रीकी आहना मर्जनले रजत र लिटल एन्जल्सकी काभ्या श्रेष्ठले कास्य जिते ।
महिला १०० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीकी अनुसिया तण्डुकारले १ मिनट २.८९ सेकेन्ड समयका साथ स्वर्ण , मेगन गुरुङ्गले रजत र प्रिमियरकी रोशा न्यौपानेले कास्य पदक जितिन् ।
महिला ५० मिटर बटरफ्लाईमा ३२.५२ सेकेन्ड समयका साथ प्रिमियरकी रोशा न्यौपानेले स्वर्ण जितिन् । मेगन गुरुङ्गले रजत र सेन्ट मेरी स्कुलकी देभान्सी जोशीले कास्य पदक प्राप्त गरिन्।
महिला ५० मिटर ब्रेकस्ट्रोकमा आर्या महर्जनले स्वर्ण पदक जितिन् । उनले उक्त दुरी ३४.५४ सेकेन्ड समयमा पूरा गरिन् । निसर्गकी बैनभी श्रेष्ठले रजत र मिल्सवेरीकी सिसोम्बुन राईले कास्य पदक जिते ।

ललितपुर महानगरापालिकाका मेयर चिरी बाबु महर्जन, नेपाल ओलम्पिक कमिटी (एनओसी ) का महासचिव निलेन्द्र राज श्रेष्ठ, एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य लगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।
अजललाई नगद सहित सम्मान
२६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूहमा राष्ट्रिय कीर्तिमान कायम गर्न सफल स्वस्तीश्री गुरुकुलका अजल काजी श्रेष्ठलाई नेपाल पौडी संघले राष्ट्रिय किर्तिमान कायम गरे वापत ५ हजार रुपैयाँले सम्मान गरेको छ । ललितपुर महानगरपालिका मेयर महर्जनले अजललाई पुरस्कृत गरे ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]