1 year ago
July 3, 2024
हिमाल खरेल,बिर्तामोड
झापाको बिर्तामोडमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुलको काम आधा सकिएको छ ।
बिर्तामोडस्थित लिटल फ्लावर्स इङलिस स्कुलपरिसरमा निर्माण भइरहेको अप्सरादेवी स्विमिङ कम्प्लेक्स अबको तीन महिनाभित्र तयार हुने विद्यालयका प्रिन्सिपल विशाल क्षेत्रीले जानकारी दिए ।
२ करोड रुपैयाँको लागतमा बन्दै गरेको स्विमिङ पुलको निर्माण बैशाख ५ गतेदेखि सुरु भएको हो । विद्यालयका विद्यार्थीलाई पौडी प्रतियोगितामा अब्बल बनाउने उद्देश्यसाथ पुलको निर्माण गरिएको प्रिन्सिपल क्षेत्रीले बताए ।
‘ प्रत्येक वर्ष कम्तिमा दुईजना विद्यार्थी राष्ट्रिय खेलाडीको रुपमा उत्पादन गर्ने हाम्रो लक्ष्य हो,’प्रिन्सिपल क्षेत्रीले भने, त्यसकै लागि अन्तर्राष्ट्रिय मापदण्डको स्विमिङ पुल बनाइरहेका छौं।’
स्कुलमा रहेको दुईवटा स्विमिङ पुलमध्ये एउटा स्विमिङ पुल ओलम्पिक मापदण्डअनुसार निर्माण हुँदै गरेको प्रिन्सिपल क्षेत्रीले बताए । अर्को भने बालबालिकाको अनुकूलअनुसार निर्माण हुने उनले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डको भने २५ मिटर लम्बाई र १५ मिटर चौडाईको रहनेछ भने बच्चाले खेल्ने स्विमिङ पुल भने १५ बाई १२ को रहनेछ ।
स्विमिङ पुल र अत्याधुनिक सुविधा सम्पन्न चेन्जिङ रुपलगायत बनेपछि झापामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न उपयोगी हुने प्रिन्सिपल क्षेत्रीले बताए । स्विमिङ पुलमा एकपटकमा ५ जनाले प्रतिस्पर्धा गर्न सकिने स्कुलले जनाएको छ ।
झापाका खेलकुद अगुवा जलकुमार गुरुङले अभ्यास गर्ने ठाउँ नहुँदा खेलाडी उत्पादन नभइरहेको अवस्थामा अप्सरादेवी स्विमिङ कम्प्लेक्स बनेपछि उत्साह थप्ने बताए ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]