1 year ago
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक्समा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
स्पर्धाको तेस्रो हिटमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड कीर्तिमान गरेका हुन । यसअघि उनकै नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो । उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वल्ड एक्वेटिक्स च्याम्पियनशीपमा सो कीर्तिमान बनाएका थिए ।
हिट्समा तेस्रो भएपनि एलेक्स अघिल्लो चरण प्रवेश गर्न भने सकेनन् । दश वटा हिट्सको प्रतिस्पर्धा पश्चात १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुग्ने प्रावधान छ । लगातार दोस्रो पटक ओलम्पिक्स खेलेका एलेक्जेन्डरले टोकियो ओलम्पिक्समा पनि सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ उनले ५३ दशमलव ४१ सेकेन्डमा दुरी तय गर्दै ५९औं स्थान प्राप्त गरेका थिए।
गत संस्करणभन्दा यो पटक उनले टाइमिङमा भने सुधार गरे । उनले दुवै पटक युनिभर्सालीटी कोटाबाट ओलम्पिक्समा सहभागीता जनाएका हुन । अब उनले तेस्रो पटक ओलम्पिक्स खेल्न छनोट नै हुनुपर्नेछ । युनिभर्सालीटी वा वाइल्ड कार्डबाट दुई पटक भन्दा बढी एकै खेलाडी सहभागीता जनाउन नपाउने नियम रहेको छ ।
तीन पटक वर्ल्ड च्याम्पियनशीप र एक पटक एसियन गेम्स पनि खेलिसकेका एलेक्जेन्डर हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी सीधै अमेरिकाबाट ओलम्पिक भाग लिन पेरिस पुगेका थिए ।
यसअघि पौडी खेलाडी डुवाना पनि हिट्सबाट नै बाहिरिएकी थिइन । अब नेपालबाट सन्तोषी श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालको प्रतिस्पर्धा मात्र बाँकी छ । अघि बढ्ने सम्भावना सकिएका प्रिन्सले भने समूहको चरणको अन्तिम खेल खेल्नेछन् । सन्तोषीले भने म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । उनी आज पेरिस प्रस्थान गरेकी छिन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]