1 year ago
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गते
प्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जानकारी दिएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/पुरुष) गरी कुल ७२ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।
राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ स्वरुपमा पुरस्कृत गरिने भएको छ ।एक सेकेन्डभन्दा कम समय भएमा ५ हजार र एक सेकेन्डदेखि तीन सेकेन्ड समय सुधार गर्ने खेलाडीले १० हजार तथा तीन सेकेन्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।
प्रत्येक उमेर समूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कारको पाउनेछन् । वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ ।
नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा एक जना ओलम्पियनलाई क्रमशः नगदसहित सम्मान गर्ने सुरुआत गरिने भएको छ ।
यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा संघका महासचिव ईश्वर कार्की र सचिव गंगा गोलेलगायत उपस्थित थिए ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]