4 months ago
July 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टुसाल मल्टी भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता यसै साता हुने भएको छ ।
शनिवार हुने प्रतियोगितामा विभिन्न २९ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहने आइतवार आयोजित पत्रकार सम्मेलनमा मल्टी भेन्युका अपरेसन प्रबन्धक विशाल खड्काले जानकारी गराए ।
विगतका संस्करण सिनियर/जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेरसमूहमा खेल हुनेछ ।
नेपाल पौडी संघको प्राविधक सहयोग तथा तार्केश्वर नगरपालिकाको सहयोगमा हुने प्रतियोगिताका खेलहरु आयोजक मल्टी भेन्युको आफ्नै पौडी पोखरीमा हुनेछ ।
मल्टी भेन्यु हातामा २५ मिटर र १० मिटर लम्बाइको २ पौडी पोखरी रहेको छ ।
मल्टी भेन्युका प्रबन्ध निर्देशक लक्ष्मण केसीले विद्यालय स्तरबाटै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा सहभागी गराइ खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए ।
अपरेशन प्रबन्धक खड्काले विगतका संस्करणमा पाएको सकारत्मक अनुभवले प्रतियोगितालाई निरन्तरता दिन हौसला प्राप्त भएको बताए ।
तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिदै आएको बताउँदै प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।
तार्केश्वर नगरपालिका वडा ८, मनमैजुस्थित मल्टी भेन्युमा हुने प्रतियोगितामा खेलाडीले हासिल गरेको पदकलाई निश्चित अंक प्रदान गरी शीर्ष तीन स्थानमा रहने टिमलाई पुरस्कृत गरिने छ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई पनि पदकका आधारमा प्याकेज प्रदान गरिने छ ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]