8 years ago
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न भएको छ महिनापछि पदक विजेताका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पूर्व घोषित नगद पुरस्कार वितरण गरेको छ । पुस ८ देखि १५ गते सम्म सञ्चालित सातौं राष्ट्रिय खेलकुदमा समावेश ३४ खेलका स्वर्ण पदक विजेता र कीर्तिमानी खेलाडीलाई पुरस्कार वितरण गरिएको हो ।

पुरस्कार ग्रहणपछि राखेप सदस्य सचिव केशवकुमार विष्टलगायतसँग सामूहिक तस्बिर खिचाँउदै खेलाडी ।
पूर्व घोषित पुरस्कार अनुसार व्यक्तिगत स्पर्धामा २ सय ६० तथा टिमतर्फ ४ सय २८ स्वर्ण विजेता खेलाडी नगद प्राप्त गरेका छन् । सातौंमा १० खेलाडीले १६ वटा राष्ट्रिय कीर्तिमान रचेका थिए । स्वर्ण पदक विजेता खेलाडीलाई १५ हजार र समूहगत खेलमा हरेक खेलाडीलाई ७ हजार रुपैयाँ घोषणा गरिएको थियो । त्यस्तै हरेक राष्ट्रिय कीर्तिमान वापत २५ हजार रुपैयाँ घोषणा गरिएको थियो ।
पौडी खेलाडी शीरिष गुरुङ एक्लैले सर्वाधिक ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । उनले ५ वटा राष्ट्रिय कीर्तिमनको १ लाख २५ हजार र १५ वटा स्वर्ण पदकको २ लाख २५ हजार रुपैयाँ पाए । २ वटा कीर्तिमान बनाएकी एथलेटिक्सकी चन्द्रकला लाम्गादेले ५० र २ स्वर्णका लागि ३० हजार गरि ८० हजार रुपैयाँ रुपैयाँ हात पारिन् ।
एउटा कीर्तिमान बनाउने अन्य खेलाडी भारोत्तोलनका कमलबहादुर अधिकारी, दिनेश श्रेष्ठ, पुकार गुरुङ, देवी चौधरी, कमला श्रेष्ठ र तारादेवी पुन तथा आर्चरीकी ज्ञानु अवालेले समान कीर्तिमानको २५ र स्वर्णको १५ गरित ४० हजार रुपैयाँ प्राप्त गरे ।जिमन्याष्टिकका राजु राई र पौडीकी सोफिया शाहले ५ स्वर्णको समान ७५ हजार तथा एथलेटिक्सकी केशरी चौधरी,पौडीकी ओशिना भारती र सोनिरा विष्टले ३ स्वर्णका लागि समान ४५ हजार रुपैयाँ हात पारे ।

राखेप सदस्य सचिव केशवकुमार विष्टबाट पुरस्कार ग्रहण गर्दै कीर्तिमानी पौडी खेलाडी शीरिष गुरुङ ।
व्यक्तिगत स्पर्धामा एक भन्दा बढी पदक जित्नेमा एथलेटिक्सका यामसाजन सुनार, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की, डिल्ली खत्री, कान्छीमाया कोजु, कृष्णा चौधरी र सरस्वती भट्टराईले २ स्वर्णका लागि समान ३० हजार रुपैयाँ पाए ।
कुल ७२ लाख ९६ हजार रुपैयाँ पुरस्कारमध्ये व्यक्तिगततर्फ ३९ लाख, टिमतर्फ २९ लाख ९६ हजार वितरण गरिएको राखेपले जनाएको छ । त्यस्तै कीर्तिमानका लागि ४ लाख रुपैयाँ वितरण भएको थियो । महिला फुटबलमा स्वर्ण जित्ने टिमलाई भने प्रतिस्पर्धाकै दौरान सुनसरीको दुहबीमा नै नगदबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा राखेप सदस्य–सचिव विष्टले खेलाडीलाई दिइको पुरस्कार पर्याप्त नभएपनि सांकेतिक रुपमा परम्पराको थालनी भएको उल्लेख गर्दै आठौं राष्ट्रिय खेलकुदका स्वर्णलाई २५ हजार, रजतलाई १५ र कांस्य पदक वितेजालाई १० हजार रुपैयाँ दिइने प्रतिबद्धता जनाए । आठौं राष्ट्रिय खेलकुद पूर्व निर्धारित समय अनुसार २०७५ सालको मंसिरमा हुने दाबी गर्दै विष्टले त्यसमा कीर्तिमान बनाउनेलाई ५० हजार रुपैयाँ दिइने बताए ।
सदस्य सचिव विष्ट, राखेपका सदस्यहरु शकुन्तला नगरकोटी, उपेन्द्र पौडेल, सुदिल शाही र वीरेन्द्र श्रेष्ठ, वरिष्ठ अधिकृत कमल खनाललगायतले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा पुरस्कृत गरेका थिए ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]