default_image

7 years ago

August 14, 2017

गौरिका र सुजलसहित ५ खेलाडी पिपुल्स च्वाइस अवार्डका लागि मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।

एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत बर्ष नेपाली क्रिकेट टोलीबाट सर्वाधिक रन जोड्ने दीपेन्द्र सिंह ऐरी, हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित विभिन्न उपाधि जितेकी एथलेटिक्सकी कान्छि माया कोजु र एसियन जुडो च्याम्पियनपमा कास्य पदक जित्न सफल ओलम्पियन फुपु ल्हामु खत्री रहेका छन् ।

२०७३ सालमा प्राप्त गरेको उपलब्धि र चर्चाको आधारमा पिपल्स च्वाइस अवार्डका लागि मनोनयन गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले मनोनयन तय गरेको हो । यसका लागि एसएमएस भोटिङ र फेसबुक लाइक आजबाटै सुरु भएको मञ्चले जनाएको छ ।

भदौ २५ गते राती १२ बजेसम्म चल्ने भोटिङ र फेसबुक लाइकको आधारमा सर्वाधिक भोट प्राप्त गर्ने खेलाडी पिपुल्स च्वाइस अवार्डको विजेता बन्नेछन् । चार फेसबुक लाईकलाई १ भोट एसएमएस भोट बराबर मानिनेछ बताइएको छ । पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने मञ्चले यसअघि नै घोषणा गरेको थियो ।

यसैबीच, मञ्चले एसएभएस भोटिङका लागि टिएचटि लाइभको ३३१३१ र अवार्डको प्रत्यक्ष प्रसारणका लागि एभिन्यूज टेलिभिजनसँग सम्झौता नविकरण गरेको छ । बर्षौ देखिको निरन्तर साथ र सहयोगका लागि मञ्चका अध्यक्ष महेश आचार्यले मुख्य प्रायोजक हंसराज हुलास चन्द एन्ड कम्पनी तथा अन्य संस्थाहरुलाई धन्यवाद दिएका छन् ।

मञ्चको २२ औं स्थापना दिवसको अघिल्लो दिन भदौ २६ गते हुने पल्सर स्पोर्टस अवार्डमा बर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरि ८ विधामा अवार्ड प्रदान गरिने बताइएको छ ।

मञ्चले उत्कृष्ट खेलाडी पुरुष, महिला, पिपल्स च्वाइससहित ४ विधाका विजेताले पल्सर मोटरसाइकल तथा अन्य बिधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने जनाएको छ ।

पल्सर स्पोर्टस् अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयन यस प्रकार छ ।

मनोनयनमा पर्न सफल खेलाडी         भोटिङ कोड

१ दीपेन्द्र सिंह ऐरी, क्रिकेट                 DA

२ गौरिका सिंह, पौडी                        GS

३ कान्छीमाया कोजु, एथलेटिक्स        KK

४ फुपू ल्हामु खत्री, जुडो                     PK

५ सुजल श्रेष्ठ, फुटबल                         SS

For Dipendra Singh Airee (Type Pulsar <space> DA and send SMS to 33131)
For Gaurika Singh        (Type Pulsar <space> GS and send SMS to 33131)
For Kanchhimaya Koju    (Type Pulsar <space> KK and send SMS to 33131)
For Phupu Lhamu Khatri  (Type Pulsar <space> PK and send SMS to 33131)
For Sujal Shrestha       (Type Pulsar <space> SS and send SMS to 33131)

 

मनोनयनमा पर्ने खेलाडीको गत बर्षको प्रदर्शन यस्तो थियो ।

दीपेन्द्रसिंह ऐरी, क्रिकेट

–२०७३ सालमा नेपाली टिमका लागि सर्बाधिक ३ सय ५७ रन बनाएका । ४ अर्धशतक । ४ विकेट
–राष्ट्रिय टिमबाट ५ खेलमा २ सय ११ रन र ३ अर्धशतक
–विश्व क्रिेकट लिग च्याम्पियनसिपमा केन्यासंग ६२ रन, इमर्जिङ टिम्स कपमा बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन तथा यू–१९ एसिया कपमा श्रीलंकासंग ९० रन

गैरिका सिंह, पौडी

–रियो ओलम्पिककी सबभन्दा कान्छी खेलाडी । १३ वर्ष २५५ दिन ।
–कान्छी खेलाडीको रुपमा विश्वका चर्चित् मिडियाहरूमा छाएकी
–१२ औं दक्ष्ँिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्यपदक जितेकी
–३० पल्ट राष्ट्रिय कीर्तिमान बनाएकी

कान्छीमाया कोजु, एथलेटिक्स

–म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान
–पाँच वटा हाफ म्याराथनमा पहिलो
–सातौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजतपदक
–काठमाडौं म्याराथनमा २ः५५ः५७ को राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक
–पिंकाथन हाफ म्याराथनमा १ः१८ः२६ को राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक
–न्यू ताइपेई सिटी म्याराथनमा ११ औं । उमेर समूहमा पहिलो

फुपू ल्हामु खत्री, जुडो

–रियो ओलम्पिकमा सहभागी, पूरा समय (४ मिनेट) टिक्ने पहिलो नेपाली जुडोका
–१७ औं जुनियर एसियन जुडो च्याम्पियनसिप, कोचीमा कांस्यपदक जितेकी
–सातौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक
–२२ औं एसियन जुडो च्याम्पियनसिप, उज्वेकिस्तानमा सहभागी

सुजल श्रेष्ठ, फुटबल

–एएफसी सोलिडारिटी कप च्याम्पियन राष्ट्रिय टिमका खेलाडी
–सोलिडारिटी कप फाइनलमा मकाउविरुद्ध निर्णायक गोलकर्ता
–मनाङ मस्र्याङदी क्लबलाई दुहवी, खप्तड, आहा–रारा र झापा गोल्डकप उपाधि दिलाउन महत्वपूर्ण योगदान
–दुहवी गोल्डकपका सर्वोत्कृष्ट खेलाडी । आहा–रारामा उत्कृष्ट मिडफिल्डर
–शेख कमल इन्टरनेसनल कपमा सेमिफाइनल

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

September 23, 2023

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]

Success

Thank you for your time.