default_image

6 years ago

September 18, 2019

गौरिकासहित पौडीबाट सागलाई ३२ खेलाडी छनोट

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी पौडीबाज गौरिका सिंहसँगै वैदेशिक प्रशिक्षणमा रहेको ५ खेलाडीलाई समेट्दै नेपाल पौडी संघले नेपालमै मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३२ खेलाडी छनोट गरेको छ । जसमा १८ पुरुष र १४ महिला खेलाडी रहेका छन् ।

संघले आठौं राष्ट्रिय खेलकुद, नवौं एनएसए पौडी च्याम्पियनसिप, फिना अंकको आधारमा खेलाडी छनोट गरिएको उल्लेख गरेको छ । यस्तै विदेशमा रहेको खेलाडीको हकमा आठौं खेली विदेशमा प्रशिक्षणमा रहेको र साप्तहिक प्रशिक्षण तथा प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको जनाएको छ ।

विदेश प्रशिक्षणमा रहेका पुरुष खेलाडीमा सैयदहम्जा शाह र नाथन दोर्जे शेर्पा रहेका छन । महिलामा गौरिका सिंह, दुवाना लामा र सोफिया शाह सागको टोलीमा समेटिएका छन् । पुरुषमा अलेक्जण्डर शाह, अनुभव शुब्बा, शुभम श्रेष्ठ, विकास कुमाल, दिपांकर अवाले, तेञ्जिङ गुरुङ, नासिल हुसैन, गौरव लामा, दिलिप थापामगर, बेदज राज जोशी, तरुण भण्डारी जेविस पौडेल, सागर नायक, स्पन्दन शाक्य, जयन्त प्रसाद गुरुङ र र्निभय थापा छन् ।

महिलामा अनुसिया तन्डुकार, टिसा शाक्य, उपास्ती महर्जन, अदिप्सा वैद्य, समिरा शोभा थापा, युस्का महर्जन, रोसा न्यौपाने, श्रेवी महर्जन, अनुष्का पोखरेल, आज्मी शेरचन र शिक्षा श्रेष्ठ छनोट भएकी छन् ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.