6 years ago
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पौडीकी डुआना लामा र एलेक्स शाहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पहिलो दिन हिट चरणमा नै राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।

सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा १२ वर्षीय डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै कीर्तिमान भंग गरेकी हुन् । उनले आठौं राष्ट्रिय खेलकुदमा राखेको २ मिनेट ५५.०९ सेकेन्डको कीर्तिमान सुधार्दै आज २ मिनेट ४८.५७ सेकेन्डमा दुरी पूरा गरिन् । उनी हिटमा दोस्रो स्थानमा रहँदै अन्तिम चरण प्रवेश गरकी छिन् ।
एलेक्सले भने २ सय मिटर फ्रीस्टाइलमा शिरिष गुरुङले कायम गरेको कीर्तिमान तोडेका छन् । एलेक्सले निर्धारित दुरी २ मिनेट २.३० सेकेन्डमा पूरा गरे । यसअघि शिरिषले सन् २०१४ को १२ औं फिना विश्वकपमा २ मिनेट ६.३५ सेकेन्डको कीर्तिमान राखेका थिए ।
नेपालले पहिलो दिनको आठ इभेन्टमध्य सबैको फाइनलमा प्रतिस्पर्धा गर्दैछ । चार स्पर्धामा हिट चरणको प्रतिस्पर्धा थियो भने चार स्पर्धामा सिधै अन्तिम चरणमा प्रतिस्पर्धा हुनेछ । अन्तिम चरण आज साँझ ४ बजेपछि इन्डोर स्विमिङ हलमा सुरु हुनेछ ।
पुरुष २ सय मिटर फ्रीस्टाइलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्नेछन् । महिला २ सय मिटर फ्रीस्टाइलमा तिसा शाक्य र गौरिका सिंहले सिधै फाइनलमा खेल्दैछन् । पुरुषको २ सय मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमाल र शुभम श्रेष्ठले प्रतिस्पर्धा गर्दा महिलातर्फ डुआना लामा र अदिप्षा वैधले खेल्नेछन् ।
पुरुष १ सय मिटर बटरफ्लाईमा शुभम श्रेष्ठ र हम्जा शाह तथा महिलातर्फ तिसा शाक्यले खेल्दैछिन् । रिलेतर्फ पनि दुवै पुरुष र महिलामा सातै राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]