6 years ago
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पौडीकी गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद( साग) अन्तर्गत बिहीबार २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै इतिहास कायम गरिन् । नेपालका लागि पौडीतर्फ एकल विधामा पहिलो स्वर्ण जितेकी उनले पदक नेपाललाई समर्पण गरिन् ।

‘मलाई धेरैले तिमि नेपाली होइनभन्नुहुन्छ, तर म नेपाली हो,’ उनले स्वर्ण पदक देखाउँदै भनिन्, ‘ यो पदक सारा नेपाली र देश नेपालको लागि हो ।’ गौरिकाले बिहीबार नै टिम रिले इभेन्टतर्फ पनि डुआना लामा, तिसा शाक्य र अनुसिया तन्डुकारसँग मिलेर नेपालका लागि कास्य जितिन् । पछिल्लो संस्करणमा रजत पदकमा सिमित भएकी गौरिकाले यसपटक उत्कृष्ट प्रदर्शन गरिन् ।
‘ धेरै खुसी लागिरहेको छ । मैले यसको लागि निकै मिहिनेत गरेको थिएँ । मेरो परिवारले पनि मलाई सधैं साथ दिनुभएको छ । अझै राम्रो गर्ने विचार छ । अझै इभेन्ट बाँकी छन्,’ उनले भनिन् । गौरिकाले १३ औं सागमा कुल ८ इभेन्टमा प्रतिस्पर्धा गर्दैछिन् । सुरुवाती २ इभेन्टमा स्वर्ण र कास्य जितेपछि उनको झन् हौसला बढेको उनले बताइन् ।

सातदोबाटोस्थित इन्डोर पुलमा पहिलो पटक आयोजित प्रतियोगितामा गौरिका घरेलु समर्थकमाझ खेल्न निकै उत्साहित रहेको अभिव्यक्ति दिइन् । ‘ घरेलु समर्थनमा खेल्दा धेरै सहज भयो । नेपालमा पनि राम्रो पुल बनेको छ, बेलायतको जस्तै लाग्यो । पानी अलिकति चिसो भएपनि घरेलु समर्थनमा खेल्न मज्जा आयो,’ उनले थपिन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]