default_image

4 years ago

December 7, 2019

गौरिका र लियोनल मेस्सी उस्तै !

क्रियटिभ भ्वाइस टीएस ठकुरी विश्व फुटबलका सर्वप्रिय अर्जेन्टिनाका लियोनल मेस्सी र हाम्रै कीर्तिमानी पौडीवाज गौरिका सिंहबीच एउटा समानता छ । दुवैलाई सम्बन्धित देशका अधिकांश खेलकर्मी र समर्थकहरु उनीहरुको राष्ट्रियतामाथि शंका गर्छन् । अर्जेन्टिनीले मेस्सीलाई गर्नेजस्तै व्यवहार गौरिकाले पनि नेपालमा भोग्नुपरेको छ । बेलायतमा जन्मेर उतै हुर्किएकी र उतै बसोबास गर्दै आएकी गौरिकालाई धेरै खेलकर्मी र […]

77 views

0 Bookmark

क्रियटिभ भ्वाइस

टीएस ठकुरी

विश्व फुटबलका सर्वप्रिय अर्जेन्टिनाका लियोनल मेस्सी र हाम्रै कीर्तिमानी पौडीवाज गौरिका सिंहबीच एउटा समानता छ । दुवैलाई सम्बन्धित देशका अधिकांश खेलकर्मी र समर्थकहरु उनीहरुको राष्ट्रियतामाथि शंका गर्छन् ।

अर्जेन्टिनीले मेस्सीलाई गर्नेजस्तै व्यवहार गौरिकाले पनि नेपालमा भोग्नुपरेको छ । बेलायतमा जन्मेर उतै हुर्किएकी र उतै बसोबास गर्दै आएकी गौरिकालाई धेरै खेलकर्मी र समर्थक नेपाली मान्दैनन्, मेस्सीलाई अर्जेन्टिनीले आफ्नो नमानेजस्तै । अवसरकै लागि मात्र नेपाली पौडी रोजेको गौरिकामाथि आरोप छ, जसरी विश्वकपकै लागि मेस्सी अर्जेन्टिना फर्केजस्तै ।

यद्यपी गौरिका यो मान्न तयार छैनन् । उनी आफुलाई नेपाली मान्छिन् । बिहीबार साग इतिहासमा पहिलोपटक नेपाललाई व्यक्तिगत पहिलो स्वर्ण जिताएपछि १७ बर्षे गौरिकाले आफु नेपाली नै भएको फेरि एक पटक बताउनुपर्यो । उनले आफुले जितेको पदक नेपाल र नेपाली समर्थकमा समर्पण गरिन् । लगत्तै शुक्रबार उनले दोस्रो स्वर्ण पनि थपिन् । यो सिलसिला अझै उनले खेल्ने अन्य स्पर्धामा पनि दोहोरियोस भन्ने आशा रहेको छ । तर केहि यसमा फरक मत राख्ने पनि छन् ।

नेपालको राष्ट्रिय झण्डा अन्तर्राष्ट्रिय एरिनामा फहराउने दृढसंकल्प बोकेर अघि बढ्दा आलोचकको व्यवहारले गौरिकाको मन दुख्ने गर्छ, मुटु घोच्ने गर्छ । जबकि नेपालका लागि लगातार पदक जित्ने खेलाडी हुन् गौरिका ।

दक्षिण एसियाली खेलकुद(साग)को अघिल्लो संस्करणमा गौरिकाले रजत पदक जित्नुअघिसम्म नेपाली पौडीले अन्तर्राष्ट्रिय पदकको कल्पना पनि गरेको थिएन । तर, भारतको गुहाटी र सिलोङमा भएको सागको १२औं संस्करणमा गौरिकाले एक रजत र एक कास्य पदक जितेर नेपाली पौडी दक्षिण एशियाली स्तरमा स्पर्धा गर्न लायक रहेको प्रमाणित गरिदिएकी थिइन् ।

उनी हरेक छनोट चरणको प्रतियोगितामा सहभागि हुन आइपुग्छिन् । यही बैशाखमा नेपालगन्जको गर्मीलाई कत्ति पनि पर्वाह नगरी गौरिकाले हरेक स्पर्धामा पौडिएकी थिइन् । उनको यस्तै लगावका कारण उनीमाथि शंका गर्ने ठाउँ पक्कै छैन । उनको नेपालप्रतिको स्नेह र अपनत्व तारिफयोग्य छ । त्यही मेहनत, लगनशीलता र अनुशासन युवापुस्ताका लागि साँच्चिकै अनुशरणयोग्य हुनसक्छ ।

रियो ओलम्पिक (२०१६ ब्राजिल) मा सबैभन्दा कान्छी ओलम्पियनका रुपमा उनको नाम विश्वभर चर्चामा थियो । त्यतिबेला नेपालको चर्चा चुलिएको थियो । उता मेस्सीको चर्चासँग जति बार्सिलोना जोडिएको छ, उत्तिकै अर्जेन्टिना पनि जोडिएको हुन्छ । तर, अर्जेन्टिनीहरु मेस्सीको आलोचना गरेर थाक्दैनन् ।

अर्जेन्टिना छाडेर ठुला क्लबका लागि फुटबल खेल्न जाँदा मेस्सीले भावुक हुँदै कुनै समय भनेका थिए – ‘मैले फुटबलका लागि देश छाडें, साथी र परिवार छाडें । मैले मेरा साथी र आफन्त बदलें, केबल त्यही फुटबलका लागि सबै त्याग गरें ।’

मेस्सीको यो सब त्यागका कारण नै मेस्सी आज संसारभर साँच्चिकै मेस्सी भएका हुन् । फुटबलको जबर्जस्त क्रेज बढाउने माध्यम बनेका हुन् । सर्वत्र मेस्सीका फ्यान जन्मिनुका कारण पनि यिनै हुन् । उनी रोलमोडलका रुपमा स्थापित भएका छन् । आम आमाबाबुको सपना आफ्नो छोरा वा छोरीलाई मेस्सी जस्तै बनाउने चाहना पनि यस्तै कारणले हो ।

यता गौरिका पनि आफ्नो करिअरका लागि बेलायत बस्दै आएकी हुन् । उनले पौडीका लागि बेलायतमा गरेको साधना नै अहिलेको प्रतिफल हो । बेलायतको प्रशिक्षणले नै उनी यतिविधि खारिएकी हुन् । सानै उमेरमा ठुलासँग प्रतिस्पर्धा गर्न सक्ने भएकी हुन् ।

ससाना बालबालिकाका निम्ति उनी पनि रोलमोडल हुन् । बेलायतमा गरेको साधना नेपालका पक्षमा हुने भएपछि हामीले उनलाई सम्मान दिनैपर्छ । माया गर्नैपर्छ । अवसर सिर्जना गरिदिनैपर्छ । किनकी उनको जितले नेपालको शिर उँचो हुने हो ।

हो, मेस्सी क्लब फुटबलमा सफल छन् । देशको झण्डा उचाल्ने सवालमा उनी जहिल्यै अभागी सावित हुने गरेका छन् । उनीमाथि आरोप लाग्नुको कारण पनि यस्तै यस्तै हो । सन् २०१६ को कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाका लागि विजय निकाल्न नसकेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे । भलै मेस्सीले पछि सो घोषणा फिर्ता लिए ।

यही बिषयलाई लिएर ब्राजिलका स्टार नेयमारले उतिखेर दुखी हुँदै भनेका थिए –‘मेस्सीले आफ्नो घोषणा त गरे, तर मेस्सीबिनाको फुटबल त फुटबल नै हुन सक्दैन । उनीबिना फुटबल परिकल्पनै गर्न सकिन्न ।’ मेस्सी जस्तो सुपरस्टारका कारण फुटबलको आकर्षण थपिएको र फुटबलको दिनानुदिन आकर्षण बढ्दै गएको नेयमारले राम्रोसँग बुझेका छन् ।

मेस्सीका कारण हरेक अभिभावकले आफ्नो सन्तानलाई रोलमोडल बनाउने सपना देख्छन् । हुनपनि नेयमारको देश त्यही देश हो, जहाँका प्रत्येक बुबाआमाहरु आफ्ना सन्तानलाई फुटबल स्टार बनाउने सपना देख्छन्, र सानैमा छोराछोरीलाई फुटबल किनिदिन्छन् ।

नेपालको परिवेशमा पनि गौरिका एउटा यस्तो रोलमोडल हुन सक्छिन्, जहाँ पढाइमा लागेपछि बिग्रन्छन् भन्ने पुरातन सोंच छ । यो सोचलाई तोड्न गौरिका एउटा पात्र हुनसक्छिन् । गौरिकाको लोभलाग्दो प्रदर्शन हेरेर धेरै पौडीमा आकर्षित हुन सक्छन् । गौरिकाले पौडीलाई नयाँ बाटो देखाइसकेकी छिन् । सबैले भन्ने दिन टाढा छैन –‘बेलायतमा पढ्ने पनि नेपालमा खेल्न आउने रैछन्, हामी यहीं भएर किन नखेल्ने?’

अनि सबैजना महसुस गर्नेछन् –‘खेलले पढाइलाई बाधा पुग्दो रैनछ, हेर त गौरिकालाई । पढ्दै खेल्दै । खेल्दै पढ्दै ।’ गौरिकाका लागि अर्को पनि आधार तयार हुँदै जाने निश्चित छ । किनकी मेस्सीले पो देशका लागि अहिलेसम्म स्वर्ण जित्न सकेका छैनन्, गौरिकाले त बिहीबार साग इतिहासमै पहिलो स्वर्ण जितेर देखाइन् । पदकतालिकामा नेपाललाई माथि उक्ल्याउन योगदान गरिन् । त्यसैले सबैले भन्नुपर्छ –‘गौरिका हाम्री हुन् ।’

April 20, 2024

श्रेष्ठको अध्यक्षतामा पौडी संघमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठसहित २५ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध निर्वाचित भएको छ । यसअघि झण्डै १२ वर्ष संघको महासचिव रहेका श्रेष्ठ अध्यक्ष चुनिएका हुन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई वरिष्ठ उपाध्यक्ष तथा चित्रराज भट्ट, जुनाकुमारी कठायत, गंगालाल सिंगार उपाध्यक्ष चयन भएका छन् । पौडीका पूर्व मुख्य […]

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

Success

Thank you for your time.