default_image

6 years ago

December 20, 2019

गौरिका र श्रृखंला सद्भावना दुत नियुक्त

361 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता पौडी खेलाडी गौरिका सिंह र पूर्व मिस नेपाल श्रृखंला खतिवडा प्रदेश ३ को सद्भावना दुत नियुक्त भएका छन् । भ्रमण वर्ष २०२० का लागि प्रदेश सरकारले गौरिका र श्रृखंलासँग शुक्रबार सद्भावना दुत नियुक्त गरेको हो ।

१७ वर्षे गौरिकाले गत साता सम्पन्न सागमा ४ स्वर्ण, २ रजत र टिम इभेन्ट्समा ३ कास्य पदक जितेकी थिइन् । सागको पौडीमा एकलतर्फ स्वर्ण पदक जित्ने गौरिका एक्ली नेपाली हुन् । बेलायतमा परिवारका साथ बसोबास गर्दै आएकी गौरिकाले सन् २०१६ मा भएको १२ औं सागमा १ रजत र ३ कास्य पदक जितेकी थिइन् ।

सागमा उनको पद संख्या १३ पुगेको छ । २०१६ मै गौरिकाले रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यो ओलम्पिकमा उनी सबैभन्दा कान्छी उमेरकी खेलाडी थिइन् । त्यति बेला उनको उमेर १३ वर्ष थियो ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.