default_image

4 years ago

April 21, 2020

कोरोनालाई हराएको गौरिकाको परिवार

प्रकाश तिमल्सिना ,काठमाडौं पौडी खेलाडी गौरिका सिंहले कलिलो उमेरमा नै नेपाली खेलकुदमा इतिहास बनाइसकेकी छिन् । चार वर्ष अघि रियो ओलम्पिकमा भाग लिदा उनी सबैभन्दा सानो उमेरको खेलाडी थिइन् । जसले नेपालले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको थियो । त्यो भन्दा ठूलो उपलब्धि उनले मंसिरमा स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

67 views

0 Bookmark

प्रकाश तिमल्सिना ,काठमाडौं

पौडी खेलाडी गौरिका सिंहले कलिलो उमेरमा नै नेपाली खेलकुदमा इतिहास बनाइसकेकी छिन् । चार वर्ष अघि रियो ओलम्पिकमा भाग लिदा उनी सबैभन्दा सानो उमेरको खेलाडी थिइन् । जसले नेपालले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको थियो ।

त्यो भन्दा ठूलो उपलब्धि उनले मंसिरमा स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दिलाइन् । नेपालको पौडी इतिहासमै १२ औं सागमा व्यक्तिगततर्फ पदक जितेर इतिहास रचिसकेकी गौरिकाले १३ औं सागमा भने अभूतपूर्व सफलता दिलाइन् । उनले ४ वटा स्वर्ण, २ वटा रजत र टिममा ३ वटा कास्य पदक जितिन् ।

नेपाली खेलकुदमा एउटै सागमा यति ठूलो सफलता यसअघि कसैले दिलाउन सकेको थिएन । नेपालले आठौं सागमा टिम इभेन्ट्समा स्वर्ण पदक जित्नुबाहेक पौडीको व्यक्तिगत इभेन्ट्समा पदक दिलाउने उनी पहिलो नेपाली थिइन् । १३ औं सागमा उनले सरकारबाट पुरस्कार मात्र ६२ लाख रुपैयाँ पाएकी छिन् ।

बेलायतमा परिवारका साथ बस्दै आएकी गौरिका आउने दिनमा अझै ठूलो सफलता दिलाउनेमा उनका समर्थक आशावादी छन्। जापानमा यो वर्ष आयोजना हुने ओलम्पिकमा उनी तयारी गरिरहेकी थिइन् । कोरोना भाइरस कोभिड १९ का कारण ओलम्पिक अर्को वर्षका लागि सरेको छ । ओलम्पिक खेल्ने भन्दा पनि अहिले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट जोगिनु बढी महत्वपूर्ण हुने गौरिकाले बताएकी छिन् ।

दुर्भाग्य भन्नुपर्छ लन्डनमा डाक्टरका रुपमा कार्यरत रहँदै आएका उनका पिता डाक्टर पारस सिंह कोरोनाबाट संक्रमित भए । डाक्टर सिंह भाइरसको संक्रमणमा परेपछि उनको परिवार अझै बढी सचेत र अरुलाई पनि यो विषयमा बताउनु पर्छ भनेर अघि सरेको छ । नियमित अस्पताल गइरहेका डाक्टर सिंहले आफूलाई पनि कोरान भाइरसको संक्रमण भएको चाल पाउने बित्तिकै सेल्फ आइसोलेसनमा बसेका थिए ।

सुख्खा खोकी, ज्वरो आउने र जिउ एकमदै गल्ने गरेको सिंहले अनुभव सुनाए । अहिले सम्म औषधी पत्ता लागि नसकेकोले यसबाट अरुलाई संक्रमित हुन नदिनका लागि सेल्फ आइसोलेसनभन्दा अर्को कुनै उपाय नभएको सिंहले सुनाए । अवस्था सुधार भएसँगै यसै साताबाट उनी नियमित कामका लागि अस्पताल जान थालिसकेका छन् । ‘एकजना संक्रमितले घर बाहिर निस्कदा एक दिनमा १ हजार ५ सय सम्मलाई सार्न सक्ने सम्भावना हुन्छ ,’ उनले भने, त्यसैले हामीले अरुलाई आफ्नो कारण संक्रमित हुन नदिन कम्तीमा २ साता सबैबाट अलग राख्नु जत्तिको उपयुक्त अरु केहि हुँदैन ।’

गौरिकाकी आमा गरिमा राणा सिंहले भने श्रीमानलाई संक्रमण भएपछि आफु तथा बच्चाहरु गौरिका र उनका भाई पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै श्रीमानबाट पूर्णरुपमा अलग राखेको सुनाइन् । ‘सकेसम्म यस्तो संक्रमणबाट जोगिने हो । तर उहाँको पेशा नै जनसम्पर्क हुने खालको भएपछि संक्रमण हुन सक्छ भन्ने हामीले पूर्व अनुमान लगाएका थियौं, ‘उनले स्मरण गरिन्, ‘संक्रमण भैसकेपछि अब अरुलाई नहोस् भन्नेका लागि हामीले एकदमै सचेतनापूर्वक व्यवहार गर्यौं । उहाँ दुई साता अलग्गै एउटा कोठामा रहनुभयो । हामी कोही उहाँको नजिक गएनौं । खाना पुर्याइदिदा पनि प्रोटोकलमा ख्याल गर्यौं ।’

अहिले पूर्ण रुपमा ठिक भएर डा. सिंह सोमबारबाट नियमित काममा फर्केका छन् । काममा फर्कन कुनै अप्ठेरो लागेको छैन भन्दा उनले भने, ‘हामी जुन पेशामा छौं । यो सबैको हामीले सामना गर्नुपर्छ । अब संक्रमणबाट जोगिनका लागि आवश्यक सबै विधि अपनाएर काम गर्नुको विकल्प छैन । औषधि उपचार केहि ननिस्केकोले आफूले सकेसम्म आइसोलेसनमा बस्नुपर्छ । संक्रमण नभएकाले पनि आफूलाई घरमै राख्ने हो भने यो फैलिदैन ।’

कीर्तिमानी गौरिकाले बाबुलाई संक्रमण भएपछि आफुहरुलाई पनि होला भन्नेमा सचेत रहेर व्यवहार गरेको सुनाइन् । उनले बेलायतमा भन्दा नेपालको लकडाउन प्रभावकारी भएको आफुले महसुस गरेको सुनाउँदै जनमानसमा यसको पालना गर्न आग्रह गरिन्, ‘सरकारले जनताको स्वास्थ्यलाई ख्यालमा राखेर गरेको लकडाउन एकदमै जाजय छ । जुन यहाँ हामीले देख्न सक्दैनौं । त्यसैले पनि नेपालमा निकै कम संक्रमण भएको हो । सामाजिक दुरी र व्यक्तिगत स्वास्थलाई ध्यानमा राख्ने हो भने यो संक्रमणबाट जोगिन सकिन्छ । त्यसैले यस्तो बेलामा सरकारले भनेको सुझावलाई हामीले पालना गर्नु उपयुक्त हुन्छ ।’

महिना दिन भन्दा लामो समयदेखि घरमै बस्ने क्रममा गौरिकाले फिजिकल फिटनेस र घरको काम सिक्नेमा समय बिताइरहेको सुनाइन् । ‘यो समयमा घर बाहिर जानै हुँदैन । मेरो कलेज बन्द छ । अभ्यास गर्ने पौडी पोखरी क्लब पनि बन्द छ,’ उनले सुनाइन्, ‘म आफ्नो फिजिकल ट्रेनरसँग भिडियो कल गरेर घरमै अभ्यास गर्छु । कठिन भएपनि यस्तो अवस्थामा आफ्नो फिटनेस त उच्च बिन्दुमा राख्नै पर्छ ।’

नेपाली दात, भात, तरकारी खाना मन पराउने गौरिकाले यो फुर्सदको समयमा खाना पकाउन देखि घरको सरसफाइ समेत गर्न सिकिरहेको बताइन् । थप अध्ययनका लागि अमेरिका जाने योजनामा रहेकी उनले सबै काम सिक्दा भविष्यमा सजिलो हुनु विश्वास पनि गरिन् । सागको समयमा उनले साग सक्किने बितिक्कै तारेको आलु खाने भन्दै ठट्टा गरेकी थिइन् । अहिले आलु तार्न पनि आफै सिकेको सुनाइन् ।

‘मलाई दाल, भात मनपर्छ । आलु तार्न पनि सिके’, उनले थपिन्, ‘घरको काम पनि ममीसँग सिकिरहेको छु । अब अमेरिका गए भने सबै काम आफूले गर्नुपर्छ त्यसैले यो समयमा सिकेको ।’ नेपालमा पौडी र अन्य साथीहरुसँग पनि नियमित रुपमा सम्पर्क हुने गरेको उत्साहित भएर सुनाइन् । यसपटक पनि नेपाल आउने योजना कोराना भाइरसका कारण सम्भव नभएको दुःख लागेको बताइन् ।

‘म आफ्नो देश जान जहिले पनि उत्साहित हुन्छु । अब यो पटक आउन मिलेन । हजुरबुवा र हजुरआमासँग नियमित कुराकानी गरिरहन्छु,’ उनले थपिन्, ‘अब सबै परिस्थिति सहज हुँदै गयो र नवौं राष्ट्रिय खेलकुद तोकिएको समयमा भयो भने फागुनमा आउनेछु ।’

उनले नेपालमा रहेका सिनियर र समकालिन खेलाडीलाई आफ्नो फिटनेस र खानपानमा ध्यान दिन पनि आग्रह गरेकी छिन् । उनले अन्त्यमा भनिन्,’ हामी आफैले पनि अध्ययन गरेर खेलाडीले कस्तो खाने, फिट रहिरहन के गर्ने भन्ने सिक्न गुगल वा अन्य केहिको सहयोग लिन सक्छौ। हामी आफै जिम्मेवार बनौं । कोरानाको संक्रमणबाट जोगिन सावधानी अपनाउँ ।’

गौरिका र उनको पिता डाक्टर पारस सिंहसँग कोरोना तथा अन्य विषयमा गरिएको कुराकानी :

April 20, 2024

श्रेष्ठको अध्यक्षतामा पौडी संघमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठसहित २५ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध निर्वाचित भएको छ । यसअघि झण्डै १२ वर्ष संघको महासचिव रहेका श्रेष्ठ अध्यक्ष चुनिएका हुन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई वरिष्ठ उपाध्यक्ष तथा चित्रराज भट्ट, जुनाकुमारी कठायत, गंगालाल सिंगार उपाध्यक्ष चयन भएका छन् । पौडीका पूर्व मुख्य […]

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

Success

Thank you for your time.