default_image

4 years ago

October 6, 2020

नयना र विकासको ‘आइसोलेसन’ अनुभव

प्रकाश तिमल्सिना, काठमाडौं नयना शाक्य र विकास शाहीको जोडी नेपाली खेलकुदमा बिरलै भेटिने जोडीमा पर्दछ । बास्केटबल खेलाडी रहँदा भेट भएको यो जोडीको विवाह र त्यसपछि २ छोरा छन् । नयनाको सुरुवाती खेल पौडी हो । आ-आफ्नो खेलतर्फ राष्ट्रिय टोलीको प्रशिक्षक रहेका यी जोडीको लागि पछिल्लो दुई साता नै कष्टकर रहयो । कोरोना संक्रमणका कारण […]

158 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नयना शाक्य र विकास शाहीको जोडी नेपाली खेलकुदमा बिरलै भेटिने जोडीमा पर्दछ । बास्केटबल खेलाडी रहँदा भेट भएको यो जोडीको विवाह र त्यसपछि २ छोरा छन् । नयनाको सुरुवाती खेल पौडी हो । आ-आफ्नो खेलतर्फ राष्ट्रिय टोलीको प्रशिक्षक रहेका यी जोडीको लागि पछिल्लो दुई साता नै कष्टकर रहयो । कोरोना संक्रमणका कारण नयना-विकास दम्पतीले दुई साता आइसोलेसनमा बस्नुपर्यो ।

भनिन्छ नि, कहिले काहिँ जे मनपर्दैन त्यहि गर्नुपर्छ । राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक रहेका विकासको हकमा यसपटक त्यस्तै भयो । विकासलाई पछिल्लो समय लोकप्रिय टिकटक बनाउन पटक्कै मन पर्दैनथ्यो । ओलम्पियन नयनाले पटक पटक टिकटक बनाउन आग्रह गर्दा पनि विकास राजी हुदैनथे । उल्टो झर्कन्थे, गाली गर्थे ।

तर, केहि दिन अघि उनमा पुरै परिवर्तन आयो । विकास टिक टक बनाउन राजी मात्र भएनन् । पटक पटक टिकटक बनाउन उत्साहित भए । केहि टिकटक उनले फेसबुक मार्फत पनि सेयर गरे । उनमा यस्तो परिवर्तन किन आयो त ? यसको बेग्लै कथा छ । नयना र विकाससँगै उनीहरुको जुम्ल्याहा मध्ये कान्छा छोरा दुई साता आइसोलेसनमा बस्दाको समय कटाउने एउटा मेसो थियो, टिक टक । तीनै जना केहि दिन अघिमात्र कोरोना भाइरस कोभिड १९ संक्रमण मुक्त भएका थिए ।

‘टिक टक बनाउन भनेपछि मलाई मनै पर्थेन । नयनाले हजार पटक भन्दा पनि मानेको थिइनँ,’ विकासले हाँस्दै सुनाए, ‘ आइसोलेसनमा बस्दा एकपटक बनाए । रमाइलो हुने रहेछ । समय बिताउनका लागि त्यो पनि हाम्रो लागि एउटा माध्यम बन्यो । बनाइसकेपछि त ठिकै लाग्यो । अनि फेरि बनायौं ।’

कोराना संक्रमण भएका बेला आफुहरुलाई व्यस्त राख्नका लागि विकास टिक टक बनाउन राजी भएका थिए । ‘कान्छो छोरासहित हामी तीनै जना संक्रमित सँगै बस्यौं । बिहान त यता उता गर्दा गर्दा समय निस्किन्थ्यो’, उनले आइसोलेनका दिन स्मरण गरे,‘ बाबुको हेरचाह,टिक टक बनाउने, म्युजिक सुन्ने, मुभी हेर्ने गरेर बितायौं ।’

भदौ अन्तिममा विकासलाई कोरोना संक्रमण पुष्टी भएको थियो । विकासले क्षेत्रपाटीको घर तल्लो दुई तला भाडामा दिएका छन् । भूइ तलामा पसलका लागि भाडा गरेर बस्ने मध्ये सुरुमा एक जना र पछि सबै ६ जनालाई कोरोना पुष्टी भएको थियो ।

त्यस्तो हुने बितिक्कै विकास, नयना, २ छोरा, विकासकी आमा र दिदीले कोरोना परिक्षण गराए । सबैको रिपोर्ट नेगेटिभ आयो । रिपोर्ट नेगेटिभ आएको तीन चार दिनमा विकास ज्वरोले गलायो । त्यसपछि कोरोना संक्रमण हुन सक्छ भन्ने शंका लागेर उनले २ छोरासहित नायनालाई माइत पठाए । आमा र दिदीलाई नजिकैको अर्को घरमा बस्न पठाए । विकास एक्लै बसे ।

त्यसबीचमा विदेशमा रहेका आफ्ना डाक्टर साथीलाई विकासले आफुलाई ज्वरो आएको सुनाए । साथीको सल्लाहपछि विकास टेष्टका लागि पुगे । त्यो पटक उनलाई पोजेटिभ देखियो । साना साना बच्चा भएकाले आत्तिए । त्यसबीचमा नयनालाई पनि रुखा खोकी लागिसकेको थियो । केहि दिन अघि परिक्षण गरेकोले कोरोना होइन भन्नेमा नयना विश्वस्त थिइन् ।

अनि माइतमा रहेका नयना, छोराहरु, आमा दिदीलाई अर्को दिन परिक्षण गराए । परिक्षणमा नयना र कान्छो छोरामा संक्रमण देखियो । बाँकीलाई देखिएन । त्यसपछि नयना सानो छोरासहित विकास घरमा बसे । आमा र दिदी पहिलाबाटै अर्को घरमा बसेका थिए भने जेठो छोरालाई आफन्तकोमा पठाए ।

सुरुमा केहि अत्तालिए जस्तो भएपनि विस्तार उनीहरुले आफुलाई सम्हाल्ने । बच्चाका कारण भने अलि बढी चिन्तित भएको नयनाले अनुभव सुनाइन । ‘हामी सकेसम्म प्रोटोकल फलो गरेर बसेका थियौं । त्यस्तोमा पनि लाग्छ भनेर सोचेका थिएन । पहिला नेगेटिभ आएको थियो’, उनले भनिन्, ‘अर्को टेष्टमा पोजेटिभ आउँदा त छागाबाट खसे जस्तो भए । ब्ल्यान्क भए । माइतबाट घर फर्के । रातभर रोएरै बित्यो । लागेपछि अलिक डर त लाग्ने रहेछ । आफूलाई परेपछि त्यसको मर्म बुझिने रहेछ ।’

‘नलाग्नु लागेपछि केहि दिनमा उनीहरु सामान्य रुपमा लिने कोशिस गरे । सामाजिक सञ्जालमार्फत आफुहरुलाई कोरोना संक्रमण भएको जानकारी गराएँ, ‘सन् १९९९ मा स्वदेशमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा मेडली मेड्ली रिलेमा स्वर्ण पदक जितेकी नयनाले भनिन्, ‘हामीले आफ्नो बारेमा जानकारी दिँदा अरुलाई फाइदा पुग्न सक्छ भनेर सामाजिक सन्जालमा राख्यौं ।’

विश्वभर महामारीका रुपमा फैलिएको कारोना संक्रमणमा आफुले गरेको अनुभव सुनाउँदै पूर्व राष्ट्रिय बास्केटबल खेलाडी समेत रहेकी नयनाले भनिन्,‘ इमोसनल पनि भइयो । तर, बच्चाको लागि पनि खुसी हुनुपर्छ । निराश भएर हुँदैन । जे होला देखा जाएगा । डराउने होइन सचेत हुनुपर्दछ भन्ने लाग्यो । आफुहरुलाई सकेसम्म पोजेटिभ राख्नुपर्दछ भन्ने सोच्यौं ।’

राखेपमा पौडीकी सहायक प्रशिक्षक रहेकी नायनाले आफ्नो अनुभव बढी भन्दा बढीलाई साट्न चाहेको पनि सुनाइन् । ‘हामीले आफ्नो अनुभव सेयर गर्दा अरुलाई पनि सकारात्मक सन्देश जान सक्छ । अलि कमजोरी त हुदो रहेछ । के कारणले भाको थाहा छैन,’ सन् २००४ को एथेन्स ओलम्पिकको पौडीमा नेपालको प्रतिनिधित्व गरेकी उनले सम्झिइन्, ‘आत्तिएर हुँदैन भन्ने लाग्यो । सकेसम्म रमाइलो गर्ने । आफुरुलाई व्यस्त राख्ने कोशिस गरौं । जत्ति सोच्यो त्यति त्यसैमा जान्छ । साथी भाईसँग गफ गर्ने गरौं । रात परेपछि अलि गाह्रो लाग्थ्यो । बाँकी समय समान्य लाग्यो ।’

सुरुवातका केहि दिन कठिन, त्यसपछि सामान्य र १० दिन कटेपछि ढुक्क भएको नयनाले सुनाइन् । ‘टिक टकले पनि व्यस्त राख्यौं । हाम्रो जेठो छोरालाई अत्तिनै टिकटक बनाएको मनपर्छ, त्यहि कारण मलाई बनाउन रमाइलो लाग्छ’, उनले थपिन्,‘ इन्जोइ गर्ने हो । भोली जे होला । आजलाई रमाइलो बनाउने कोशिस गर्ने हो ।’

अब विकास र नयना अरुलाई सल्लाह दिने अवस्थामा पुगेका छन् । ‘कोरानो संक्रमण हुँदैमा प्यानिक हुन जरुरी छैन । ज्वारो, रुघा, लागेको छ भने अरुबाट आफुलाई अलग राख्ने । गाह्रो भए टेष्ट गराउने । यसमा सबैभन्दा राम्रो उपाय भनेको आइसोलेसननै हो,’ नयानाको सुझाव छ, ‘खानपान र सरफाइनलमा ध्यान दिने । बारम्बार हात धुने । व्यायम मेडिसेन गर्ने । स्टिम लिने । आफुलाई जे गर्दा आनन्दा लाग्छ, जस्तै पढ्ने , फिल्म हेर्ने, टिकटक बनाउने वा अरु जे गर्न रमाइलो लाग्छ त्यहि गर्ने । आफुले आफैलाई खुसी राख्ने । ’

यी जोडीमात्र होइनन् नेपालका लािग पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठ, फुटबल खेलाडी एरिक विष्ट, स्क्वाक्सका प्रशिक्षक हिराबहादुर थापा, फेन्सिङ संघकमा महासचिव सुजनलाल श्रेष्ठलगायतले पनि कोरोनामाथि विजय प्राप्त गरिसकेका छन् ।

सामान्य जीवनमा फर्केका नयना र विकास पनि गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागको एतिहासिक सफलताको हिस्सा हुन् । ३६ वर्षे साग इतिहासमा पौडी व्यक्तिगत प्रतिस्पर्धामा पहिलो र ४ वटा स्वर्ण पदक जितेकी गौरिका सिंहकी प्रशिक्षकमध्ये नयना पनि एक हुन् । त्यस्तै महिला बास्केटबल टोलीले सागको पहिलो सहभागितामै रजत पदक जित्दा विकास त्यसको प्रशिक्षक थिए । लगातारको परिश्रमबाट सफलताको स्वाद चाखेका यो जोडीले विश्वव्यापी महामारीका रुपमा फैलियो कोरानामाथि पनि जित हासिल गर्दै अरुका लागि पनि प्रेरणा बनेका छन् ।

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

September 23, 2023

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]

Success

Thank you for your time.