default_image

5 years ago

February 18, 2021

पुजारा ७ वर्षपछि आइपिएल खेल्दै

192 views

0 Bookmark

एजेन्सी – भारतीय टेष्ट स्टार चेतेश्वर पुजारालाई महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा खरिद गरेको छ ।

पुजारालाई चेन्नईले न्यूनतम मूल्य ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । योसँगै पुजारा ७ वर्षपछि आइपिएलमा फर्किने भएका छन् । टेष्ट क्रिकेटमा भारतीय टोलीका पहिलो रोजाईका पुजाराले पछिल्लो पटक २०१४ मा पन्जाबबाट मुम्बईविरुद्ध वानखडे स्टेडियममा खेलेका थिए ।

उक्त सिजन पन्जाब पहिलो पटक फाइनलमा पुग्दै कोलकाता नाइट राइडर्ससँग ३ विकेटले पराजित भएको थियो । पुजाराले आइपिएलमा डेब्यू २०१० मा कोलकाताबाट दिल्लीविरुद्ध डेब्यू गरेका थिए । उनले कुल ३० आइपिएल खेलमा ३ सय ९० रन बनाएका छन् ।

चेन्नईमा जारी अक्सनमा सर्वाधिक महँगो मूल्यमा दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिस १६ करोड २५ लाख भारुमा राजस्थान रोयल्समा पुगेका छन् । जुन आइपिएल अक्सनमा कुनैपनि खेलाडीले पाएको हालसम्मकै उच्च मूल्य हो । रोयल च्यालेन्जर्स बेंगलोरले न्युजिल्यान्डका अलराउन्डर काइल जामिसनलाई १५ करोड भारु र अष्ट्रेलिया आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाख भारुमा खरिद गरेको छ ।

चेन्नईले कृष्णप्पा गौवथमलाई ९ करोड २५ लाख र इंग्ल्यान्डका स्पिन अलराउन्डर मोइन अलीलाई ७ करोडमा खरिद गरेको छ । किंग्स इलेभेन पन्जाब झेय रिचर्डसनलाई १४ करोड र राइली मेरिडीथलाई ८ करोड भारुमा खरिद गरेको छ । नेपाली लेगस्पिनर सन्दीप भने ‘अनसोल्ड’ भएका छन् ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.