default_image

5 years ago

March 14, 2021

प्रशिक्षण गर्न गौरिका बेलायतबाट नेपालमा

507 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गौरिका सिंह उमेरले भर्खर १८ वर्ष पुग्दैछिन् । तर सफलताको हिसाबले उनी नेपाली खेलकुद इतिहासकै सर्वाधिक सफल खेलाडी बनिसकेकी छिन् । १३ औं सागमा व्यक्तिगत ४ स्वर्ण जित्नुले उनको चर्चा थप चुलियो ।

पछिल्ला वर्षहरुमा बेलायत रहेर प्रशिक्षण गर्दै प्रतियोगिता खेल्न नेपाल आउने गरेकी गौरिका यसपटक भने प्रशिक्षणकै लागि नेपाल आइपुगिन् । बेलायतमा लकडाउनका कारण प्रशिक्षण गर्न सम्भव नभएपछि उनी गत महिना नेपाल आइपुगेकी हुन् । नेपाल आएपछि केहि दिन क्वारेन्टाइन बसेकी उनी कोरोना परिक्षण नेगेटिभ आएपछि प्रशिक्षण गर्दैछिन् ।

गौरिका हाल काठमाडौंमै रहेर ओङदेन लामासँग प्रशिक्षण लिइरहेकी छिन् । कोरोनाका कारण लामो विश्राम लिएपछि अहिले उनलाई पुरानै लयमा फर्कन केहि समय लाग्ने प्रशिक्षक लामा बताउँछन् । अहिले प्रशिक्षणमा पनि उनले सामान्य गतिमा प्रशिक्षण गरिरहेकी छिन् । प्रशिक्षक लामाले गौरिकाको क्षमतासँगै परिवारको पनि साथ रहेको हुँदा उनले एसियाली खेलकुदमा पदक दिलाउन सक्ने विश्वास राखेका छन् ।

गौरिका आफैं कोरोनाका कारण धेरै क्षेत्रमा असर परेकोमा दुखी छिन् । ओलम्पिक स्थगित हुँदा कतिपय खेलाडीको करिअरमा असर परेको छ । तर उनलाई व्यक्तिगत रुपमा भने यसले तयार हुने थप समय दिएको छ । १३ औं सागको सफलतालाई इतिहासमा नै राखेर उनी अहिले ओलम्पिकमा ध्यान दिइरहेकी छिन् ।

पूर्ण भिडियो हेर्नुहोस् :

प्रशिक्षणका तस्बिरहरु :

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.