default_image

4 years ago

July 4, 2021

एलक्स र प्रशिक्षक कार्की जापान जाँदै

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जापानमा अर्को महिना आयोजना हुने टोकियो ओलम्पिकमा भाग लिने मध्येका एक पौडीका एलेक्जेन्डर ( एजेल्स) शाह र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार त्यस्तर्फ जाने भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलेक्स र कार्कीलाई आइतबार विदाई गरेको छ । जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा तयारी गर्ने एनओसीले जनाएको छ । पौडीकी अर्को खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता गौरिका सिंह बेलायतबाट जापान जाने बताइएको छ ।

साउन ८ देखि २४ गते सम्म हुने टोकियो ओलम्पिकमा गौरिका र एलक्ससहित ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परिवार र जुडोकी सोनिया भट्टले पनि केहि दिनमा जापान जानेछन् ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.