4 years ago
July 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपालका पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले आज प्रतिसपर्धा गर्दैछन् । उनी सम्मिलित हिट ३:४५ बजे सुरु हुनेछ ।

एलेक्सले पुरुष १ सय मिटर फ्रीस्टाइलको पहिलो हिटमा खेल्नेछन् । उनी युनिभार्सालिटि प्लेसेसका आधारमा ओलम्पिकमा सहभागी हुँदैछन् । उनको हिटमा वाइल्ड कार्ड र एलेक्स जस्तै प्लेसेसबाट छनोट भएकाले प्रतिस्पर्धा गर्दैछन् । एलेक्सको यस स्पर्धामा राष्ट्रिय कीर्तिमान पनि रहेको छ । उनले नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा ५५.३८ सेकेन्डको कीर्तिमान राखेका थिए ।
हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस स्पर्धामा ७१ जनाले प्रतिस्पर्धा गर्दैछन् । एलेक्स समावेश पहिलो हिटमा ७ तथा अन्यमा ८-८ खेलाडी रहेका छन् । एलेक्सले राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य राखेका छन् । पौडीकै गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्नेछिन् ।
नेपालबाट यसअघि शनिबार दुई खेलाडीको चुनौती पहिलो चरणमा नै समाप्त भएको थियो । जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहमा र सुटिङकी कल्पना परियार १० मीत्र एयर राइफलमा प्रतिस्पर्धा गर्दै नेपाल फर्किसकेका छन् । कल्पनाले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी थिइन् । एथलेटिक्सकी सरस्वती चौधरीले भने ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर दौडमा सहभागिता जनाउनेछिन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]