default_image

8 years ago

July 22, 2017

एसी मिलान ४-० बायर्न म्युनिख [भिडियो]

120 views

0 Bookmark

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत शनिबार भएको खेलमा इटालियन क्लब एसी मिलानले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ४-०ले पराजित गरेको छ। मिलानले पहिलो हाफमै ३-०को अग्रता बनाएको थियो।

खेलमा दुबै तर्फबाट बलियो टोली उतारेपनि मिलानले खेलमा पकड जमाएको थियो। मिलानका लागि यसै सिजन क्लबमा भित्रिएका मिडफिल्डर फ्रान्क केस्सीले १४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटपछि मिलानक युवा स्ट्राइकर प्याट्रिक कुट्रोनेले गोल गर्दै मिलानलाई २ गोलको अग्रता दिलाए। मिलानकै युथ एकेडेमीका खेलाडी कुट्रोनेले ४३औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै मध्यान्तरमा मिलानलाई ३-०ले अगाडी राखे।

दोश्रो हाफमा थप खेलाडी परिवर्तन गरेपनि बायर्न खेलमा फर्कन सकेन। मिलानका लागि ८६औं मिनेटमा नयाँ खेलाडी हाकान चाल्हानोग्लुले गोल गर्दै ४-०को जित पक्का गरेका थिए। मिलानले यस खेलमा आफ्ना ११ जना खेलाडीनै परिवर्तन गरेको थियो। यसक्रममा मिलानका लागि यसै सिजन भित्रिएका १० खेलाडीले क्लबका लागि खेलेका थिए।

यता बायर्नले पनि सुरुवाती रोजाईमा रोबर्ट लेवान्डोसकी, थोमस मुलर, डेभिड अलाबा, म्याट्स हमल्स, फ्रान्क रिबेरी लगायतका खेलाडी उतारेको थियो। त्यसपछि दोश्रो हाफमा ३-०ले पछाडी पारेको बायर्नले रियलबाट आएका हामेस रोड्रीग्वेजलाई भित्र्याउँदा पनि खेलमा फर्कन सकेन।

August 21, 2023

‘भारत र पाकिस्तानविरुद्ध खेल्न एकदमै उत्साहित छौं’- रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानविरुद्ध खेल्न उत्साहित भएको बताएका छन् । एसिया कपको लागि टियुमा प्रशिक्षणमा ब्यस्त रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौं । त्यो दबाब केहि पनि महसुस गरेका छैनौं । जहिले पनि […]

shakti gauchan

June 14, 2023

‘मर्नुअघि नेपाल टेष्ट राष्ट्र बनेको हेर्ने सपना छ’- शक्ति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका एक सर्वाधिक सफल खेलाडी शक्ति गौचनले आफू मर्नुअघि नेपाल टेस्ट राष्ट्र बनेको हेर्न सपना रहेको बताएका छन् । भैरहवामा रहेको स्टार एकेडेमीमा खेलाडी उत्पादन गर्न ब्यस्त रहेका शक्तिले हाम्रो खेलकुद डटकमसँग अन्तर्वार्तामा बोल्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् । आफ्नो लक्ष्य नेपाललाई टेस्ट नेशन भएको हेर्न रहेको बताए । […]

May 23, 2023

एनएससी-काभा महिला च्यालेन्ज कप (प्रत्यक्ष प्रसारण)

Click Here to Watch LIVE

Success

Thank you for your time.