default_image

3 years ago

June 14, 2023

‘मर्नुअघि नेपाल टेष्ट राष्ट्र बनेको हेर्ने सपना छ’- शक्ति

689 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका एक सर्वाधिक सफल खेलाडी शक्ति गौचनले आफू मर्नुअघि नेपाल टेस्ट राष्ट्र बनेको हेर्न सपना रहेको बताएका छन् । भैरहवामा रहेको स्टार एकेडेमीमा खेलाडी उत्पादन गर्न ब्यस्त रहेका शक्तिले हाम्रो खेलकुद डटकमसँग अन्तर्वार्तामा बोल्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् ।

shakti gauchan

आफ्नो लक्ष्य नेपाललाई टेस्ट नेशन भएको हेर्न रहेको बताए । ‘मेरो एउटा मिसननै छ । मर्नु अघि नेपाल टेस्ट नेशन भएको हेर्न पाउँ । साथीभाइहरु पनि तपाई यतिकै लागि राख्नु भएको छ भन्छन् । म अस्ति पोखरामा पनि गएको थिए । ठिकै छ १५/२० वर्षपछि नपाउला । ३० वर्षपछि पाउँला । तपाईं ८० वर्षको हुँदा पाउला । ठिकै छ नेपालले टेस्ट मान्यता पाउँदा म ८० वर्षको हुला, शक्तिले टेस्ट सपना बारे भने ।

त्यसैमा थपे, ‘मलाई हिँड्न गाह्रो होला रे । कसैले मलाई समातेर मैदानमा नेपालको टेस्ट खेल हेर्न लैजाला। मैदानमा पुगेर जव मैले त्यो अनुभव गर्छु नि । त्यो आनन्द जुन हुन्छ नि त्यो फरक नै हुनेछ । मैले त्यति बेला पोखरामा त्यहिँ भनेको थिए,।’

तत्काल शक्तिले नेपालको प्रशिक्षकमा ध्यान नदिएको बताएका छन् । ‘यू१९ वा सिनियर टोलीको प्रशिक्षकको जिम्मेवारी आएमा त्यतातिर मैले अहिले खासै ध्यान दिएको छैन । यहाँ त अहिले जिल्लाको प्रशिक्षकको पनि जिम्मेवारी आएको छैन । अहिले मेरो ध्यान आफ्नो एकेडेमी र एक्ट्राटेक ओभल मैदानले दिएको जिम्मेवारीमा केन्द्रितछु । आगमी दिनमा भयो भने बिचार गरौंला’, शक्तिले हाँस्दै भने । त्यसैमा उनले थपे, ‘जिल्लामा जतिपनि क्षमतावान् खेलाडी छन् । तिनीहरुलाई धेरै भन्दा धेरै समय दिन सकुम् । त्यहिँ नै अहिलेको लक्ष्य छ।’

शक्ति एउटा राम्रो क्षमता भएको खेलाडी जिल्लाको स्तरमा आउन तीन देखी पाँच बर्षसम्म लाग्ने बताए । ‘मैले अहिले १० वर्षदेखी बच्चाहरुलाई लिन सुरु गरेको छु । पहिला हामी १२ वर्षदेखी सुरु गथ्र्यौ । मेरो प्रशिक्षणको अनुभवले एउटा राम्रो क्षमता भएको खेलाडी जिल्लास्तरमा आउन तीनदेखी पाँच वर्ष लाग्छ । जस्तै १२ वर्षदेखी सुरु गयौं भने उसले १०/१६ वर्षदेखी देखिन थाल्छ । उसले नेपालमा प्रतिस्पर्धाको हिसाबले दुई घण्टा राम्रो अभ्यास गर्दा पुग्छ, शक्तिले एउटा खेलाडी तयार बारे भने ।

‘शक्तिसँगको विशेष पूरा अन्तर्वार्ता हेर्नुहोस्’ :


December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.