माएमी (एजेन्सी) – नयाँ सिजनको तयारी क्रममा अमेरिकामा रहेको बार्सिलोनाको प्रशिक्षणमा फरवार्ड नेयमार र डिफेन्डर सेमेडोबीच झगडा पारेको छ। सर्जियो बुस्केट्सले झगडा छुट्ट्याएसँगै उनले रिसको झोकमा बिब्स फ्याँकेर मैदान छाडेका थिए।
भिडियोमा देखिए अनुसार नेयमार र सेमेडोको झगडा परेसँगै अन्य खेलाडीले दुवैलाई छुट्ट्याएका थिए। त्यसपछि केहि बेर भनाभन गरेर नेयमारले रिसाउँदै बिब्स फ्याँके। त्यसपछि नजिकै रहेको बललाई रिसको झोकमा हान्दै उनले मैदान छाडेका थिए।
पिएसजी जाने हल्ला दिन प्रतिदिन बढ्दै जाँदा यस घटनाले झन् उग्र रुप लिने विश्लेषकहरुको बुझाई छ।