default_image

2 years ago

July 25, 2023

विद्यालयलाई भलिबल वितरण

320 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला भलिबल संघकाे सहकार्यमा बुढानिलकण्ठ नगरपालिका एवं कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई भलिबल वितरण गरिएको छ ।

सोमबार भएको कार्यक्रममा संघका अध्यक्ष सुदर्शन जमकटेल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला तथा आयोजक गेट्वे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्टका संस्थापक अध्यक्ष सुरेश केसी उपस्थित थिए ।

कलेजका अध्यक्ष केसीले नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारको लागि रहेको बताए । उनले कलेज सधैं भलिबल विकासका कार्यक्रमका लागि तयार रहेको तथा सरकारी र सामुदायिक विद्यालयमा समानता हुनुपर्ने अभिव्यक्ति दिए ।

राखेप उपाध्यक्ष कोइरालाले अध्ययन अध्यापनका साथै विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति खेल अपरिहार्य रहेको बताए । संघका अध्यक्ष जमकटेलले आगामी दिनमा पनि संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

December 7, 2025

पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि

हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.