9 years ago
January 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दाबेदार मध्येको एक न्यू डाइमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पहिलो हार बेहोरेको छ । अघिल्लो दिन अर्को दाबेदार एपिएफलाई हराएको भारतीय राष्ट्रिय खेलाडी सम्मिलित रिड मोडल कलेजले शुक्रबार न्यू डाइमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोर्टमा रिड मोडलले २५–१६, २५–२१ र २५–२३ मा नतिजा आफ्नो पक्षमा पारेको थियो । न्यू डाइमन्डकी प्रतिभा मालीले लगातार उत्कृट स्पाइक गरे पनि भारतीय खेलाडीकले उनलाई सफल हुन दिएनन् ।
अघिल्ला ६ खेलमा लगातार जित निकालेको न्यू डाइमन्डको शुक्रबार डिफेन्स कमजोर देखिएको थियो । हारका वावजुद न्यू डाइमन्ड शीर्षस्थानमा कायम छ । न्यू डाइमन्डलाई हराउनु अघि रिड मोडलले रामेछापको चन्डेश्वरी युवा क्लवलाई २५–४, २५–१० र २५–१३ को सेटले हराएको थियो ।
शुक्रबार अन्य खेलमा एपिएफ,पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र न्यू डाइमन्ड स्पोर्टस् क्लब विजयीभ एका थिए । एपिएफले आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई २५–८, २५–१० र २५–१० को सोझो सेटमा हरायो । पश्चिमाञ्चलले नेपाल आर्मीलाई २५–१५, २५–२१ र २५–२३ ले हराउँदै पाँचौं स्थानमा उक्लिएको छ । न्यू डायमन्ड स्पोर्टस् क्लबले बिजेश्वरी ज्ञान मन्दिर स्कुललाई लाई २०–२५, २५–२०, २२–२५, २५–१८ र १६–१४ ले हराएको थियो ।
अघिल्ला खेलसम्म दुवै टोली अंक विहिन थिए । शुक्रबारको नतिजापछि न्यू डाइमन्ड स्पोर्टस् क्लबले २ र बिजेश्वरीले १ अंक प्राप्त गरे । लिगको शीर्ष टोली न्यू डाइमन्डको ७ खेल १८ अंक छ । ६ खेलमा पाँचौ जित निकालेको एपिएफ १५ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । ७ खेलबाट १५ अंक बटुल्दै अर्को विभागिगय टोली नेपाल पुलिस तेस्रो स्थानमा छ । ४ खेलमा अपराजित रिड मोडलको १२ अंक छ । पश्चिमाञ्चलको पनि ५ खेलमा १२ अंक छ ।
December 7, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]