9 years ago
January 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)- रामेछापमा जारी प्याराडाइज युथ क्लब ‘बी’ दोश्रो रामेछाप राष्ट्रिय पुरुष भलीबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेशको क्रममा प्याराडाइजले सेमिफाइनलमा लोकतान्त्रीक खेलकुद संघ, रामेछापलाई २५–२१,२५–१८,२५–२१ को सोझो सेटमा पराजित ग¥यो । यस अघि प्याराडाइजले क्वार्टरफाइनलमा युनिक सोसीयल एन्ड टेक्नीकल प्रालीलाई २५–१२,२५–१८ को सोझो सेटमा हरायो ।

फाइनलमा प्याराडाइजले हिमगंगा गावीस र नमुनादीप युवा क्लब विचको विजेतासंग खेल्ने छ । शुक्रबार नै दोश्रो सेमिफाइनल र फाइनल खेल हुने छ । सेमिफाइनल प्रबेशको क्रममा बिहिबार नै भएको खेलमा हिमगंगाले शान्तीदिप युवा क्लबलाई २५–१८,२५–२३ ले पराजित गरेको हो । नमुनादीपले क्वार्टरफाइनलमा प्याराडाइज युवा क्लबएलाई २५–७,२५–२० ले हराएको हो ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा लिगकम नकआउटको जारी प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । उपाधि विजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउनेछ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]