8 years ago
July 3, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा एनएसी (नेपाल अमेरिका कन्भेन्सन) ले नेपाली समुदायका लागि आयोजना गरेको भलिबल प्रतियोगितामा सान फ्रान्सिस्को टिम विजयी भएको छ । आइतबार भएको फाइनलमा सान फ्रान्सिकोले डालास युनाइटेडलाई ३–० ले हराएको थियो ।
एक पक्षिय फाइनलमा सान फ्रान्सिको २५–१८,२५–२१ र २५–१९ ले जितेको थियो । विजयी टोलीमा पूर्व नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी कैलाश भट्ट, रोमन श्रेष्ठसहित, सुरेन्द्र मल्ल, राजेन्द्र शेरचन, धर्म केसी, अमरदिप लामा, अजय लामा र चन्द्र शेरचन सम्मिलित थिए ।
भलिबलमा पाँच वटा नेपाली टोलीको सहभागिता रहेको रोमन श्रेष्ठले बताए । भलिबलको विजेता टोलीलाई अमेरिका भ्रमणमा रहेकी नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले पुरस्कृत गरेकी थिइन् ।
एनएसीले तीन दिने खेलकुद उत्सवमा भलिबलसँगै फुटबल, बास्केटबल र बास्केटबल लगायतका प्रतियोगिता आयोजना गरेको थियो । एलए एफसीबाट फुटबल खेल्न नेपाली राष्ट्रिय खेलाडी भरत खवास र पूर्व राष्ट्रिय खेलाडी राजु तामाङ अमेरिका पुगेका थिए । तर भरत र राजु सम्मिलित टोली क्वार्टरफाइनलमा पराजित भएको थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]