7 years ago
January 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र गन्डकी प्रदेश इटहरिमा जारी दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इटहरी रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको खेलमा उपाधिको दावेदार आर्मीले क्वाटरफाइनलमा प्रदेश नम्वर ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । आर्मीले प्रदेश ५ माथि २५–२२, २५–१९ र २५–२१ को सहज जित निकाल्यो ।
शनिबारै भएको अर्काे क्वाटरफाइनलमा गन्डकी प्रदेश, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले पनि आ–आफ्नो प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । अब सेमिफाइनलमा दुई भिागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब तथा गन्डकी प्रदेश र आर्मीबीच प्रतिस्पर्धा गर्नेछ । सेमिफाइन खेल आइतबार हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४ लाख, रुपैया र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछ ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]