default_image

7 years ago

January 17, 2019

प्रथम मेयर कप भलिबलको उपाधि इन्फोम्याक्स पोखरालाई

141 views

0 Bookmark

बागलुङ (हाम्रो खेलकुद) – प्रथम मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि इन्फोम्याक्स पोखराले जितेको छ ।

बागलुङको जैमिनी नगरपालिका–१ को सहारा क्लबले आयोजना गरेको प्रथम जैमिनी महोत्सवमा संचालन गरिएको प्रतियोगिता अन्तरगत बिहीबार भएको फाइनल खेलमा इन्फोम्याक्स पोखराले बागलुङ नगरपालिका–८ सिगानालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा इन्फोम्याक्स र सिगानाले क्रमशः २५–२२, १७–२५, २५–२१, १८–२५ हुँदै २–२ जित हात पारेपछि अन्तिम सेटमा इन्फोम्याक्स पोखराले बा.न.पा.–८ सिगानालाई १५–१२ ले पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।प्रतियोगिताको विजेता इन्फोम्याक्स पोखराले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो भने उपविजेतामा चित्त बुझाएको बा.न.पा.–८ सिगानाले ५५ हजार ५ सय ५५ रुपैयाँ पायो ।

बिहीबार नै भएको सेमिफाइनल खेलमा बानपा–८ सिगानाले छिस्तीलाई ३–१ र इन्फोम्याक्स पोखराले विहानी कन्ट्रक्सनलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । शुक्रबारदेखि सुरु भएको प्रथम जैमिनी महोत्सव आज सम्पन्न भएको छ ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.