default_image

7 years ago

March 16, 2019

गण्डकी र प्रदेश ३ समुह विजेता

142 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र प्रदेश नम्वर ३ धनगढीमा जारी मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत पुरुष र महिला भलिबलमा समूह विजेता बनेको छ ।

गण्डकी प्रदेश पुरुषमा तथा प्रदेश ३ महिलामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै गण्डकी रहेको समूहबाट प्रदेश ५ उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो । अर्काे समूहबाट प्रदेश १ विजेता र सुदुरपश्चिम उपविजेता बन्दै सेमिफाइनलमा पुगे । अब सेमिफाइनलमा प्रदेश १ र प्रदेश ५ तथा गण्डकी प्रदेश र सुदुरपश्चिम भिड्नेछन् ।

यस्तै महिला भलिबलमा समुह ‘बी’ बाट प्रदेश ३ विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भए । समूह ‘ए’ बाट प्रदेश ५ विजेता र सुदुरपश्चिमले उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरे । सेमिफाइनलमा प्रदेश ५ र गण्डकी तथा प्रदेश ३ र सुदुरपश्चिमबीच खेल हुनेछ ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.