7 years ago
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – न्युटन हाइ स्कुल र एन्जल्स हर्ट कलेज प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको राउन्ड अफ ३२ मा प्रवेश गरेका छन् ।

न्युटन समूह ‘के’ बाट तथा एन्जल्र्स समूह ‘आई’ बाट समूह विजेता बन्दै अन्तिम ३२ मा पुग्न सफल भएको हो । समूह ‘के’ बाट नवोदित कलेज र ‘आई’ सेक्रेटहर्टले उपविजेताको रुपमा अन्तिम ३२ मा स्थान बनायो ।
एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टर मनमैजुको कोर्टमा बिहीबार भएको खेलमा न्युटनले नवोदित कलेजमाथि २–१ को जित निकाल्दै समूह विजेता बन्यो । पहिलो खेलमा मानसुलुलाई हराएको न्युटनले नवोदितविरुद्ध पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट ११–२५ ले गुमाएपनि निर्णायक सेटमा २५–१८ को जित निकाल्यो । न्युटनसँग पराजित भएको नवोदितले मानसुलुपब्लिक स्कुललाई २५–१८ र २५–२० को जित निकाल्यो ।
यस्तै समूह ‘आई’ मा एन्जल्र्स हर्टले सेक्रेट हर्टलाई २–१ को सेटमा पराजत गर्दै समूह विजेता बन्यो । प्रतिस्पर्धात्मक खेलमा एन्जल्र्सले पहिलो सेट २५–२१ ले जितेको थियो । दोस्रो सेट २२–२५ ले गुमाएपनि तेस्रो सेट एन्जल्र्सले २५–२२ ले जित्यो । एन्जल्र्ससँग पराजित सेक्रेट हर्टले रेन्बो इन्टरनेशनल कलेजलाई २५–२२ र २५–१९ ले पराजित गर्दै समूह उपविजेता बन्दै अन्तिम ३२ को यात्रा तय गर्न सफल भयो ।

समूह ‘बी’ मा विद्यामन्दिरले जन प्रभातलाई २५–२१ र २७–२५ ले हरायो । समूह ‘ई’ मा सिद्धार्थ एकेडेमीले हिम रश्मीलाई २५–१६ र २५–१९ ले हरायो । समूह ‘डी’ मा लक्ष्मी मावि र जानकी माविले २५–२०, १६–२५ र २३–२५ ले हरायो । समूह ‘जे’ मा स्प्रिङडेल हाइ स्कुलले युनाइटेड गोर्खा कलेजलाई २५–१० र २५–१४ ले पराजित गर्दा समूह ‘सी’ मा ग्ल्यासियर कलेजले अरुणी हाइ स्कुललाई २५–१८ र २५–२० ले पराजित गरेको छ ।
२१ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट ५३ विद्यालयहरुको सहभागिता रहेको छ । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले अन्तिम ३२ मा स्थान बनाउनेछ । प्रतियोगितामा ९ कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीले तथा गतवर्ष १२ कक्षा पास भएका खेलाडीहरुले खेल्न पाउने प्रावधान राखिएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ । एन्जल स्पोर्टस् एकेडेमीको मैदान र ढोरपाटन क्लबको मैदान नयाँ बसपार्कमा आयोजना हुने आयोजकले जानकारी गराएको छ ।
December 7, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]