default_image

7 years ago

June 1, 2019

सेव र न्युटन क्वाटरफाइनलमा

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र न्युटन हाई स्कुल राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शननिबार भएको खेलमा सेवले एन्जल्र्स हर्ट कलेजलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो । सेवले पहिलो सेट १५–२५ ले गुमाएपनि त्यसपछिको तीन सेट २५–१९, २५–२२ र २५–१३ ले सहजै आफ्नो बनायो ।

शनिबारै भएको अर्काे खेलमा न्युटन हाई स्कुलले ग्ल्यासियर इन्टरनेसनल कलेजलाई २५–१७, २५–२० र २५–२० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो । सिद्धार्थ मल्टिपल क्याम्पसले नेरिक हाई स्कुलमाथि ३–१ को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । शुरुको सेट २३–२५ ले गुमाएपनि त्यसपछिको सबै सेटमा सिद्धार्थले २५–१९, २५–२३ र २५–१७ ले नेरिकलाई पाखा लगायो ।

जनप्रभात मावि कालकोटले लक्ष्मी मावि बाग्लुङलाई २५–२०, १९–२५, २८–२६ २५–२१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । विद्यामन्दिर मावि बाग्लुङले जानकी मावि चितवनलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट विद्यामन्दिरले २६–२४ ले जितेको थियो । दोस्रो सेट २५–१५ ले सहजै जितेको विद्यामन्दिरले तेस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पार्यो ।

थ्री स्टार एकेडेमी र लालीगुराँस नेसनल एकेडेमीबीचको खेल वर्षाका कारण रद्ध बन्यो । शुरुका दुवै सेट थ्री स्टारले आफ्नो पक्षमा पारेपनि वर्षाका कारण खेल रोकिएको थियो । २१ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट ५३ विद्यालयहरुको सहभागिता रहेको छ । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।

December 7, 2025

पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि

हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.