default_image

9 years ago

November 11, 2016

माल्दिभ्समा प्रतिभा र कोपिलाको क्लबको पहिलो हार

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)

राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीले सम्मिलित मिस्कियामागु इजी माल्दिभ्सको राष्ट्रिय महिला क्लब लिग च्याम्पियनसिपमा पराजित भएको छ ।

prativa

हिजो राती भएको खेलमा खेलमा मास्यिामागु पुलिस क्लबसँग ३–१ ले पराजित भएको हो । अघिल्ला दुई खेल लगातार जितेको मिस्यिामागुमाथि पुलिस क्लबले २५–१५,२५–१७,२०–२५ र २५–१९ को जित हासिल गरेको थियो ।

प्रतिभा र कोपिलाको टोलीले पहिलो खेलमा माल्दिभियन क्लबलाई र पोल स्टारलाई हराएको थियो । ती दुवै जितमा प्रतिभा क्विन अफ दी म्याच घोषित भएकी थिइन् ।

नेपाली अन्य दुई खेलाडी मञ्जु गुरुङ र अरुणा शाही सम्मिलित फेयस्दाले भने बिहीबारको खेलमा पोलस्टारलाई हराएको थियो । त्यो खेलमा अरुण क्लिन अफ दी म्याच चुनिएकी थिइन् । फेयस्दा पहिलो खेलमा माल्दिभियन क्लबसँग पराजित भएको थियो ।

प्रतिभा र कोपिलाको मिस्कियागु र मञ्जु र अरुणाको फेयस्दाले बीच लिगको अन्तिम दिन नोभेम्बर १६ मा प्रतिस्पर्धा गर्नेछ । त्यसअघि फेयस्दाले आइतबार पुलिस क्लबको सामना गर्नेछ ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.