9 years ago
November 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजना एवं काभ्रे जिल्ला भलिबल संघको व्यवस्थापनमा अर्को महिना राष्ट्रिय पाँचौं महिला तथा छैटौं पुरुष विच भलिबल प्रतियोगिता हुने भएको छ ।

काभ्रे जिल्लाको दोलालघाटस्थित सुनकोसी नदी किनारमा मंसिर १६ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीयसहित पुरुष र महिलामा १६÷१६ टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला पुरुष गरि ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।
प्रतियोगिताको विजेता महिला÷पुरुषले समान २५ हजार दोस्रो हुने टोलीले १५ हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नेपाल भलिबल संघका सदस्य एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष तीर्थ श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता आयोजक कमिटी गठन गरिएको छ । संघले प्रतियोगिताको व्यवस्थापन गर्ने काभ्रे जिल्ला भलिबल संघलाई १ लाख २५ हजार रुपैयाँसहित बल र नेट उपलब्ध गराउने भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले बताए ।
काभ्रे जिल्लासंघले खेलाडीहरूको बसोबास, खाना र यातायातको सम्पूर्ण खर्च बेर्होन संयोजक श्रेष्ठले बताए । प्रतियोगितामा झन्डै १२ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]