3 years ago
January 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन् ।

खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो । २८ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचित मध्ये सरस्वती केसीले सर्वाधिक ८४ मत प्राप्त गरिन् ।
निर्वाचित हुने अन्यमा रामकृष्ण घिमिरे (८१), विजयन्त शर्मा (पिन्टु) (८०), लिलाराम बस्नेत (७६), कुमार बस्नेत (७४), सुजन खतिवडा ((७१), खुशराज दाहाल (६८), लोकेन्द्रकुमार बस्नेत (६६), डिल्लीराम काफ्ले (६५), रेखा बस्नेत (६०), गोपीकृष्ण निरौला ((५९), रिखिराम पोखरेल (५८), दुर्गादेवी बस्नेत (५८) र दोवे तामाङ (५०) रहेका छन् ।
कुल १ सय २६ मतदाता रहेकोमा १ सय १४ मत खसेको थियो । सदर मत संख्या १ सय ९ थियो । ५ मत बदर भएको थियो । महिला आरक्षिततर्फ ३ जना छनोट हुनु पर्नेमा ४ जनाले उम्मेदवारी दिएका थिए । अमृता घिमिरे (९१), पार्वती राई (८८) र ढाकादेवी पराजुली (७१) निर्वाचित भए ।
आरक्षित श्रेणी विहीनतर्फ बद्रीकुमार खत्री निर्विरोध निर्वाचित भए । केन्द्रीय महाधिवेशन तथा निर्वाचन फागुन ४ देखि ५ गतेसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमा हुँदैछ । केन्द्रीय महाधिवेशन तथा निर्वाचनमा जिल्ला, प्रदेश र केन्द्रबाट जम्मा १ सय २० प्रतिनिधि सहभागी हुने राखेप कर्मचारी संघ केन्द्रीय निर्वाचन आयोगका सचिव भोजानन्द राईले जनाएका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]