3 years ago
January 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रणव मानन्धर र सुनिरा थापाले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ मा सोमबार विजयी सुरुआत गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा प्रणवले भारतका निकिल डिसुजालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धाको अन्य खेलमा भियतनामका फाम ला होङ, भारतका प्रत्यक्ष, भारतका मायंक शर्मा, हङकङका होङ कि लौ, चीनका फान्मिङ मेङ, भारतका वंश नन्दल, देवासिश साहु, आर्यन सुटर, ड्रिक शाह र सागर कुमार तथा भियतनामका नोक लाम काउले पनि पहिलो चरणमा जित निकाले ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा सुनिराले भारतकी अनुष्का भोलालाई ६–४, ५–७ र ६–१ को सेटमा हराइन् ।
अन्य प्रतिस्पर्धामा भारतका सिम्रिन अहमद, अर्जन खोराकिवाला, इसी महेश्वरी, अमोदिनी नायक, तमन्ना टकोरिया, समइरा पहवा र साइ जान्भी तथा बेल्जिमकी क्यमिली फिसेट, हङकङकी जान लिङ छुन वोङ, रुसकी मिलिना सुब्खकुलोभा र थाइल्यान्डकी कन्छ्या छुङवातना विजयी भए ।
प्रतियोगिता आयोजक संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । ब्वाइज र गल्समा समान ३२ खेलाडी सहभागी छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]